४ वैशाख २०८१ मंगलबार

स्वास्थ्यकर्मीको भरमा थवाङका वडा कार्यालय

रोल्पाको एक गाउँपालिकाको सबै वडा कार्यालय प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन्।

कोरोना कहरः थवाङमा एकको मृत्यु

रोल्पामा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ६४ पुगेको छ । आजसम्म जम्मा संक्रमित संख्या १ हजार ३ सय ३३ रहेको छ ।

थवाङले बनाएको ‘म’

रूकुम पूर्वको भुमे गाउँपालिकास्थित महतको धर्मशालामा म जन्मेँ। कलिलो उमेरमै जागीर खाने मोह जाग्यो। त्यो पनि सरकारी। मनमा ठूलै हुटहुटी थियो। सरकरी जागीर खान लोकसेवा तयारी गर्नुपर्छ भन्ने सुनेँ। मेहनतको फल मिठो हुन्छ भन्छन् नि! लामो मेहनतपछि २०७० सालमा खरिदारमा नाम निस्क्याे।

थवाङको चाहना पूर्ण स्वायत्तता

राज्य तथा राज्यका प्रतिनिधिलाई बहिस्कारकै नीति बोकेर अघि बढेको इतिहास अहिले फेरिएको छ। पुरानो थवाङ र अहिलेको थवाङमा धेरै परिवर्तन भएको छ।

थवाङमा कडा सुरक्षा व्यवस्था

शुक्रबार रोल्पाको थवाङमा वडाध्यक्ष पदका लागि हुने उपनिर्वााचनको सम्पूर्ण तयारी सकिएको छ। मुख्य निर्वाचन कार्यालयले सबै तयारी पुरा भएको जनाएको छ। ‘सबै तयारी सकिएको छ। आज सर्र्वदलीय बैठक हुन्छ।

सुनसान थवाङको उपनिर्वाचन: सबै सदस्यको राजीनामा

यहिं मंसिर १४ गते उपनिर्वाचन हुन थालेको थबाङ गाउँपालिका वडा न. १ का सबै वडा सदस्यहरुले राजीना दिएका छन्। गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित उनीहरुले एक मुस्ट राजीना दिएका हुन्। आउदै गरेको वडा अध्यक्षको चुनावमा स्वतन्त्र उमेदवार भद्र झाकृलाई निर्विरोध नबनाएपछि उनीहरुले राजीनामा दिएका हुन्।

स्वतन्त्रसहित तीन उम्मेदवारी

रोल्पाको थवाङ गाउँपालिका वडा नं. १ ठूलोगाउँमा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि एक स्वतन्त्र सहित ३ जना उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन्। यहि मंसिर १४ मा हुने चुनावका लागि नेपाल कम्युनिष्ट पार्टीबाट जनक बहादुर बुढा, नेपाली कांग्रेसबाट कलम बहादुर रोका र स्वतन्त्रबाट भद्र कुमार झाँक्रीले उमेद्वारी दिएका हुन्।

अन्यौलमा थवाङ

थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीले भने ‘भावनाको कुरा पनि हो। त्यसैले उहाँहरुकाे ‐विप्लवलाई नै सर्बसम्मत दिए पनि हुन्छ भन्ने मेरो सोच छ। तर पार्टी भित्र छलफल भएको छैन। ’

निर्वाचन पछि के पायो के गुम्यो ?

सँधै फरक धारमा रहने थवाङीहरुले २०६४ को संविधान सभा निर्वाचनमा ३ मत वाहेक सवै प्रचण्डलाई दिएका थिए। २०७० सालको संविधान सभामा एकमत पनि खसालेनन्।

‘थवाङमा युद्ध पर्यटन’

जनयुद्धको उद्गम थलो हाम्रो थवाङमा युद्ध पर्यटनका साथै सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रचुर संभावना छ। हामी पर्यटनबाट लाभ लिने प्रयासमा छौं।

थबाङपछि सुरक्षा अधिकारी होलेरीमा

विशेषगरी चन्द नेतृत्वको नेकपा गतिविधिमाथि र यस क्षेत्रमा भइरहेको चलखेललाई लिएर सुरक्षा निकाय संवेदनशील बनेको हाे।

मझधारमा थवाङ

माओवादी विद्रोहको उद्गम मानिन्छ, मध्यपश्चिमका जिल्लालाई। तीमध्ये पनि रोल्पालाई खास मानिन्छ। अझ रोल्पाको पनि थवाङलाई विद्रोहको विम्बकै रूपमा हेरिन्छ, बुुझिन्छ। किनभने, झण्डै सात दशकको राजनीतिक इतिहासमा यो बस्तीले राज्यसँग पटक–पटक ‘विद्रोह’ गरेको दृष्टान्त छ।

थवाङ रिभिजिटेड

काठका कलात्मक घर। घना बस्ती। ढुंगा छापिएका गोरेटा। करिब तीन सय धुरी भएको एउटै गाउँ। रहरलाग्दो थवाङ (२,००० मिटर) गाउँ। मगर संस्कृतिले धनी। प्रदेश नं ५ मा पर्छ रोल्पा। लिवाङ उत्तरपूर्वको थवाङ गाउँ दस वर्षे द्वन्दकालमा धेरै पढिएको र सुनिएको नाम। माओवादी सशस्त्र जनयुद्दको उद्गमथलो–थवाङ। जनयुद्धमा पूर्वी रोल्पासँगै छिमेकी जिल्ला रुकुमका धेरै नागरिक युद्धमा होमिए। ज्यान गुमाए, अंगभंग भए अनि कयौं विस्थापित पनि।

द्वन्द्वले ओइलाएको थवाङ तंग्रिँदै

तत्कालीन विद्रोही माओवादीको सशस्त्र द्वन्द्वले २०५२ देखि २०६३ साल सम्म ओइलाएको रोल्पाको थवाङ २०६४ देखि २०७५ सम्म आइपुग्दा निकै तंग्रिएको छ। द्वन्द्वकालमा करिब १० बर्ष माओवादीको एकलौटी राज रहेको थियो। साना ठुला गरी १३ पटकसम्म ठूला–ठूला सुरक्षा अप्रेशन भोगेको थवाङ एक दशक सुनसान जस्तै बन्यो। माओवादी शान्ति प्रक्रियामा आएपछि भने यो ठाउँमा चहल पहल बढेको हो।

सुन फलाउँदै ‘ट्रफल च्याउ’

थवाङ राचिवाङका किसान अहिले दंग छन् । विश्वमै दुर्लभ तथा बहुमूल्य मानिने ‘ट्रफल’ च्याउका बिरुवा हुर्कंदै गरेकाले उनीहरू खुसी भएका हुन् । ‘यो जातको च्याउ मूल्यवान् हुन्छ भन्ने सुनेका छौं, उत्पादन सुरु भएपछि निक्कै कमाइ हुन्छ होला,’ स्थानीय राजकुमार रोकामगरले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्