२३ भाद्र २०८१ आइतबार
image/svg+xml

सिंह आएको तर दरबार नआएको गाउँ थवाङ

रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल विकले आफ्नो एक बर्षे कार्यकाल कार्यालयमा एक्लै बिताए। सिंगो पालिकाभित्र दुई जना वडा सचिव बाहेक अरु कोही थिएनन्। पाँच वडा रहेको यहाँ उनले एउटा वडा सचिवलाई कामकाज गर्न गाउँपालिकामा ल्याएपछि चार वडा सचिव विहिन भए।

जनसत्ता घोषणा रोक्न थवाङमा प्रहरी परिचालन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाको थवाङमा गर्न थालेको जनसत्ता घोषणा कार्यक्रम रोक्न लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

आखिरमा तोडियो थवाङ

सधैं राज्य सत्ताको विरोधमा रहने थवाङले यतिखेर आफु तोडिएकोे अनुभव गरिरहेको छ । कुनै समय हरेक निर्णयमा एक भएर उभिने यो ठाउँ स्थानीय तह निर्वाचनसँगै तोडिएको हो । अघोषित मुखिया प्रथा अर्थात एक जनाको नियन्त्रणमा रहने थवाङ अहिले स्पष्टै देखिने गरि दुई भागमा विभक्त छ।

थवाङमा १२ वर्ष पछि वर्षमानको एक रात

थबाङ पुगेर रोल्पाबाट निर्वाचित सांसद तथा एनेकपा माओवादीका सांसद वर्षमान पुनले मतदातालाई धन्यवाद दिएका छन्। उनले 'जनयुद्व'पछि पहिलोपटक थवाङमा एक रात समेत विताएका छन्।

थवाङका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम (भिडियो)

सुरक्षाका दृष्टिले अति सम्बेदनशील जिल्लाका रुपमा हेरिएको रोल्पामा मतदान र मतपेटिका ढुवानी सहज रुपमा सकाइएको छ। टाढा र सुरक्षा चुनौती देखिएका थवाङ र गामका मतपेटिका भने हेलिकप्टरबाट ल्याइएको छ। अन्य मतपेटिकाहरु पनि ठुलो सुरक्षा घेरा भित्र राखेर सदरमुकाम झारिएको छ।

रोल्पामा मतदान सुरु, थवाङमा १ सय मत खस्यो

रोल्पाका १ सय ६० मतदान कन्द्रमा बिहान ७ बजेदेखि उत्साहपूर्ण ढंगले मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत बासुदेबलाल श्रेष्ठका अनुसार सबै स्थानमा बिहान ७ बजे देखि नै मतदान सुरु भएको हो ।

थवाङमा त्रास, होला मतदान ?

रोल्पा चुनाबी माहोलका लागि सुरक्षा चुनौतिले अति संवेदनशिल मानिएको छ । त्यसमा पनि रोल्पाको थवाङ झनै संवेदनशिल क्षेत्र हो । यहाँ केही घण्टाका लागि चुनाबी सभा गर्न माओवादी केन्द्रका वर्षमन पुनको टोलीबाहेक अरु कोही पुग्न सकेको छैन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बाहूल्यता रहेको थवाङमा भोट खस्छ, खस्दैन सर्वत्र चासोको विषय बनेको छ । चुनावमा सहभागी बन्दै आएका थवाङमा ठूलो संख्याका मतदाता अहिले पनि भोट नखसाल्ने पक्षमा छन् ।

सुनसान थवाङ

पटक पटकका चुनाबमा अनौठा निर्णय गरेको थवाङ हिजो आज सुनसान छ। निर्बाचनको मिति नजिकिदै गर्दा पनि यहाँ चुनाबि माहोलले छोएको छैन। बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बाहुल्यता रहेको थवाङमा चुनाब खारेजीको नारा भने सुनिन थालेको छ ।

थवाङ गाउँपालिका प्रमुख अपहरण मुक्त

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिको अपहरणमा परेका थवाङ गाउँपालिका प्रमुख बिरबहादुर घर्ती अपहरण मुक्त भएका छन् । गत राति स्थानीय पत्रकारको रोहबरमा घर्तीलाई मुक्त गरिएको हो । रोल्पा नगरपालिका १० धवाङ भनभनेबाट शनिबार उनलाई आफूहरूको जिम्मा लगाइएको पत्रकार तथा मानव अधिकारकर्मी खेम बुढाले बताए।

रोल्पाको थवाङ गाउँपालिका प्रमुखको अपहरण

थवाङ गाउँपालिका अध्यक्ष अपहरणमा परेका छन्। माओवादी लडाकुका पूर्व कमाण्डरसमेत रहेका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति अपहरणमा परेको प्रहरीले जनाएको छ।

‘चुनाव' बोलाउँदै थवाङ

नेपाली कांग्रेस ‘रोल्पा थवाङ' गाउँ एकाइ सभापति कमल रोकालाई दुई दिनअघि आफ्नो राजनीतिक थलो (थवाङ) बाट फोन आयो। चुनाव बहिष्कारको नीति लिएकै दलका एक नेताले उनलाई स्थानीय चुनाव प्रचारका लागि थवाङ फर्किन निम्तो दिँदै थिए, ‘गाउँ फर्किनोस्, अब सहकार्य गरेर चुनावमा लागौं।'

२६ वर्षपछि थवाङ पस्यो कांग्रेस

माओवादी दस वर्षे द्वन्दको उद्गम थलो रोल्पाको 'थवाङ', नेपाली कांग्रेसका लागि २६ वर्षसम्म बिरानो बन्यो। संसदीय पद्धति अंगालेका पार्टीलाई बहिष्कार गर्ने थवाङीको कडा नीतिलाई कांग्रेसले नाघ्न सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्