६ आश्विन २०८१ आइतबार
image/svg+xml

आयोगद्वारा प्रतिवेदन सरकारलाई हस्तान्तरण

प्रदेश नं २ को सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना सुझाव आयोगले आज आफ्नो प्रतिवेदन मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ।

बिनापूर्जी प्रहरी नियन्त्रण र यातना

प्रहरी निरीक्षककावमा रहेको क्राइम ब्रान्च टोलीका सदस्यहरूले बिनाकारण कलैया उपमहानगरपालिका–१ का संजय साहलाई नियन्त्रणमा लिएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ। ‘आफूहरूले भनेको कुरा नमानेको,’ भन्दै शुक्रबार नियन्त्रणमा लिएर प्रहरीले आफूलाई कुटपिट गरेको पीडितले बताएका छन्।

वंशजका आधारमा तीन सय २१ जनाले लिए नागरिकता

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट यही वैशाख महीनाभित्रमा ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन्।

संघमा फेरि १० हजार दरबन्दी थप्न गृहकार्य

केन्द्रमा कर्मचारी दरबन्दी संख्या घटाउनुपर्ने बेला सरकारले उल्टै संघमा दरबन्दी संख्या बढाउन गृहकार्य सुरु गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएएनएम)पुनरावोलकन गरी गरी संघमा दरबन्दी थप्न गृहकार्य थालेको हो।

अतिक्रमित सार्वजनिक जग्गा एक वर्षभित्र हटाउने निर्णय

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको अध्यक्षतामा भएको सरकारी स्वामित्वमा रहेका सार्वजनिक जग्गा संरक्षणसम्बन्धी सर्वपक्षीय बैठकले नगरपालिका र गाउँपालिकाभित्रका सार्वजनिक जग्गाको संरक्षरण र अतिक्रमण हटाउने कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो ।

तीन सय २० स्थानीय तहले अझैं बुझाएनन् रिक्त विवरण

गत वैशाख २० गतेसम्म ७ सय ५३ स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउने भने तापनि अहिलेसम्म ४ सय ३३ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयका सहसचिव भुपराज बरालले जानकारी दिए। अझै ३ सय २० स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन्।

नागरिकता बनाइदिन्छु भनी सेवाग्राहीसँग घुस माग्दै गर्दा पक्राउ

इलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्युटर अपरेटर अशोककुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

प्रशासनमा पुस्तान्तर प्रभाव

समयको अन्तरालमा विचार, दृष्टिकोण, मूल्य, विश्वास, प्राथमिकता र व्यवहार परिवर्तन हुनु सामान्य अर्थमा पुस्तान्तर हो। यसक्रममा सामाजिक व्यवहार र शैली परिवर्तन (परिमार्जन) हुँदै जान्छन्। तर एकै समयमा पनि फरक उमेर र विचार समूहका मानिसबीच अन्तरसम्बन्ध रहने अवस्थामा पुस्तान्तर महसुस बढी हुने गर्छ। अठारौँ शताब्दीसम्म पुस्तान्तर प्रक्रिया ढिलो थियो।

स्थानीय तहमा रिक्त पदको विवरण माग

स्थानीय तहहरुले रिक्त कर्मचारी दरबन्दीको विवरण शुक्रबारसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसक्नु पर्ने भएको छ। प्राप्त विवरणका आधारमा मन्त्रालयले रिक्त पदमा कर्मचारी पूर्तिका लागि लोकसेवा आयोगलाई विज्ञापन आह्वान गर्न भन्ने छ।

प्रदेश १ को मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा

प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको रुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज यहाँ बसेको बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ।

ठेकेदारद्वारा कुटिए पेटी ठेकेदार

जिल्ला प्रशासन कार्यालय परिसरमा पेटी ठेकेदार कुटिएका छन्। ठेकेदार राजकुमार श्रेष्ठले आफूलाई प्रशासन हातामै कुटेको पेटी ठेकेदार टेकबहादुर थापाले बताएका छन्।

अलमलमा प्रशासनिक पुनःसंरचना

स्थानीय र प्रदेश सरकार सञ्चालनका लागि सबैभन्दा पहिले संरचना चाहिन्छ। यसका लागि कार्यालय भवन सबैभन्दा महत्वपूर्ण विषय हो। संघीय मन्त्रालयका अनुसार प्रदेश सरकार सञ्चालनका लागि सातवटै प्रदेशमा कार्यालय भवन निर्माण भएका छन्।

एसेलुखर्कमा निःशुल्क जग्गा दान

ऐसेलुखर्क गाउँपालिकाका स्थानीयले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदानका लागि निःशुल्क जग्गा दान गरेका छन्। स्थानीय गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि निशुःल्क जग्गा प्रदान गरेका हुन्। आफ्नै जग्गा र भवन नहुँदा हालसम्म भाडाको घरबाट सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयलाई स्थानीयले निशुःल्क जग्गा दान गरेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए।

मध्यअमेरिकी बालबालिकालाई पुनर्मिलनका लागि बाटो खुल्याे

मध्यअमेरिका विभिन्न देशमा अलपत्र परेका करिब दुई हजार सात सय बालबालिकालाई संयुक्त राज्य अमेरिकामा रहेका बाबुआमासँग पुनर्मिलन गर्न ट्रम्प प्रशासनले अनुमति दिन सहमति जनाएको छ।

‘केन्द्रीय सरकारले झुर कर्मचारी पठायो’

स्थानीय तहलाई अलि जागरिला र सक्रिय कर्मचारी पठाइदिएको भए अझ व्यवस्थित ढंगले काम अघि बढ्ने थियो। यसबारे हामीले बारम्बार सामान्य प्रशासन मन्त्रालयलाई पत्र पनि लेख्दै आएका छौं। तर, कर्मचारी पठाएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्