१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मनसुनपछिको विपदबाट एक सय ११ जनाको मृत्यु, ४० बेपत्ता

मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन्। गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन्। यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन्। पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन्। अहिलेसम्म बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ।

कालाजार सार्ने भुसुना नियन्त्रण अभियान

कालाजार रोग नियन्त्रणका लागि ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा रोग सार्ने भुसुना नियन्त्रण अभियान थालिएको छ।

सुन तस्करको नयाँ ट्रान्जिटः तिब्बत हुँदै गोरखा

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ माछाखोला स्थित ओढारमा लुकाएर राखेको अवस्थामा १६ किलो सुन प्रहरीले बिहिवार  बरामद गरेको छ। धार्चे १ यारुबगरका ४० वर्षिय धनकमल गुरुङले छेकम्पारबाट ल्याएको उक्त सुन ओढारमा बोराभित्र सलमा पोको पारेर खाल्डोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो। बरामद भएको उक्त सुनको बजार मूल्य आठ करोड ८१ लाख रहेको छ।

बैंकको सुन ठगीका आरोपीसँग २५ लाख धरौटी माग

सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही रु २५ लाख धरौटी माग गरिएको छ। उच्च अदालत तलसीपुर–नेपालगञ्जले सात जनाउपर जनही रु २५ लाखका दरले धरौटी माग गरेको हो।

धनकमलले ओढारमा लुकाएर राखेका थिए १६ किलो सुन

गोरखा प्रहरीले ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद गरेको छ। गोरखा धार्चेको एक ओढारबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ। २७ दिन अघिदेखि हराइरहेका माछाखोलाका धनकमल गुरुङ बुधवार पक्राउ परेपछि उक्त सुन फेला परेको हो।

सुनचाँदी बैंकमा राख्दा ब्याज पाइने

बैंकमा सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई मौद्रिक नीतिमा समेटिएको छ। नेपाल राष्ट्र बैंकमा गर्भनर चिरञ्जिवी नेपालले आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्थालाई कार्यान्वनमा लैजाने बताए।

मनसुन पुनः सक्रिय, देशभर भारी वर्षाको सम्भावना

मनसुनी न्यूनचापीय रेखा तराईमा अवस्थित रहेकाले आज देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुन्ने कला

अरुले कुरा गरेको ध्यान दिएर सुन्न सक्नु एउटा कला हो। अरुकोे विचारलाई र भावनालाई महत्त्व दिएर सुन्नु भनेको बोल्ने व्यक्तिलाई आदर गरेको पनि हो। बिरामी परेको बेलामा वा विभिन्न समस्या परेको बेलामा उनका कुरा सुन्नु भनेको उनको समस्या बुझ्नु हो।

फोक्सुन्डोः आन्तरिक पर्यटनको हब

पछिल्लो समय प्राकृतिक संग्राहलयको रूपमा परिचित फोक्सुण्डो ताल आन्तरिक पर्यटनको हब बन्दै गएको छ। प्राकृतिक सुन्दरता जैविक विविधता तथा पर्यटकीय महत्वले आफूलाई विश्वमा वैभव तालको रूपमा पहिचान बनाएको छ, फोक्सुण्डोले।

‘मैनदानी’ मा न्युड आर्टको द्वन्द्व

मानव सुन्दरता, संवेदना र स्वभावलाई केन्द्रित गरेर तयार हुने न्युड आर्टहरूको बुझाई व्यक्तिअनुसार फरक पर्ने गर्दछ। नेपाली समाजले सहज रूपमा नस्वीकारेको न्युड आर्टलाई अश्लीलतासँग तुलना गरिने गरिएको पाइन्छ। नग्नता र अश्लीलता फरक कुरा हुन् भन्ने व्याख्यामा आधारित नाटक ‘मैनदानी’अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।

विकटताको नाममा मनपरी

काठमाडौं बौद्धबाट से–फोक्सुन्डो ताल भ्रमणमा निस्किएको थियो देवेन्द्र बस्नेतसहित १३ जनाको टोली। रिजर्भ गरेको टिकटबाट उड्न नपाएपछि बस्नेतसहितको टोलीले नेपालगन्जबाट डोल्पासम्म गाडीको यात्रा गर्ने निर्णय ग¥यो। दुई दिनको गाडी यात्रा गर्दै टोली डोल्पा पुग्यो। डोल्पाको सुलिगारसम्म पुग्दा एउटा ठूलो युद्धबाट ज्यान जोगाएर आएको महसुस गरेको बताउँदै थिए उक्त टोलीका सदस्य सागर अधिकारी। ‘गाडी चढेर डोल्पा आउनु भनेको ज्यान जोखिममा हालेर ठगिन आउनु रहेछ,’ सागरले भने, ‘गाडी चालकले मनपरी भाडा उठाउँछन्। भौगोलक रूपमा विकट त्यस्तो ठाउँमा उमेर नपुगेका केटाहरूले डरमर्दो पाराले गाडी कुदाउँछन्। प्रहरीले कुनै रोकटोक गर्दैन।’

निर्धारित मितिमै साग हुन्छः मन्त्री विश्वकर्मा

आवश्यक संरचना पूर्ण रूपमा तयार भइनसकेको अवस्थाका बावजुद युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित समयमै हुने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्