२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सन्दीपले भिसा पाए

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेेले भिसा पाएका छन्। क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि भिसा अप्लाई गरेका उनलाई अमेरिकी दूतावासले बिहान भिसा दिन अस्वीकार गरेको थियाे।

भिसा र ग्रिनकार्डमा कडाइ गर्दै अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रिनकार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको छ। सो नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासीलाई लक्षित गरेको छ।

अत्याधुनिक बन्दै अध्यागमन

अध्यागमन विभाग आफैंले ‘नेपाली पोर्ट’ नामको सफ्टवेयर बनाई अध्यागमनलाई प्रविधियुक्त बनाउन लागेको छ।

बेलायत अनुभव

काठमाडौ आएपछि पुस्तक पढ्ने बानी लागेको छ। पढेको विषयलाई लेखिन्छ। यही मेसोमा भावेश भुमरी अर्थात् जुद्धबहादुर पुनमगरको नियात्रा ‘भिसाको रङ’ पढ्ने मौका मिल्यो। अनामनगरको फुपूको ग्रीन टि हाउसमा चिया पिउदै गर्दा इलामका गीतकार एवं रेडियोकर्मी तुलसी बस्नेतले यो पुस्तक उपहार दिए।

भिएलएन सञ्चालक श्रेष्ठलाई सफाइ

मलेसिया जाने कामदार लगायत सबैको राहदानी संकलन र भिसा प्रक्रियाको गर्दै आएको भिएलएन नेपालका सञ्चालक रामप्रसाद श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ।

भिएलएनका राम श्रेष्ठलाई जिल्ला अदालतबाट सफाई: श्रममन्त्रीलाई नैतिक संकट कि 'सेफ ल्याण्डिङ' को पर्खाई?

मलेसियाको भिसा प्रक्रियाका नाम ठगि गरेको भन्दै भिएलएनका संचालक राम श्रेष्ठ विरुद्ध श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले दावी नपुग्ने फैसला गरेको छ।

नेपाली कामदार लैजान नपाएपछि बंगलादेशबाट कामदार लिने अन्तिम तयारीमा मलेसिया

पहिलो रोजाईमा पर्दै आएका नेपाली कामदार लैजान नपाएपछि अन्तत: मलेसियाले नेपाली कामदारको विकल्प खोजेको छ।

चीनमा ४४ नेपाली चेली अलपत्र

गार्मेन्ट कारखानामा काम गर्न चीन आएका ४४ नेपाली महिला अलपत्र पारेका छन् । चीनको उत्तर–पूर्वमा पर्ने ल्याबोनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न आएका नेपाली चेली भिसा अवधि सकिएपछि अलपत्र परेका हुन् । उनीहरूलाई एकमहिने पर्यटक भिसामा काठमाडौंस्थित एक मेनपावर कम्पनीले चीन पठाएको थियो । अलपत्र नेपाली चेलीले आफूहरूलाई चीन पठाउने मेनपावर कम्पनी र बेइजिङस्थित नेपाली दूतावाससँग उद्धार गरी नेपाल पठाइदिन अनुरोध गरेका छन् ।

मलेसियाको भिसा प्रक्रियामा कुनै परिवर्तन हुँदैन: गृहमन्त्री मुहिद्दीन

मलेसियाले आफ्नो देशमा आउने पर्यटक र कामदारको भिसा प्रकृयामा कुनै परिवर्तन नगर्ने बताएको छ।

माल्दिभ्सबाट भारत आउन नेपालीलाई भिसा नचाहिने

अबदेखि माल्दिभ्सबाट भारत आउने नेपालीलाई भिसा नचाहिने भएको छ। भारत र माल्दिभ्सबीच सम्बन्धमा सुधार आएसँगै त्यहाँबाट भारत आउने नेपालीलाई अनिवार्य गरिएको भिसा प्रावधान हटाइएको हो।

कामदार नहुँदा ट्रायल अप्रेसन हुन सकेन

माथिल्लो त्रिशूली थ्रि ‘ए’मा कामदार नहुँदा ट्रायल अप्रेसनको काम रोकिएको छ । आयोजनाको पहिलो युनिटमा कार्यरत चिनियाँ कामदारको वर्किङ भिसाको म्याद सकिएर स्वदेश फर्केपछि कामदार अभाव भएको हो । गत बिहीबारसम्म ट्रायल अप्रेसन सकाएर पहिलो युनिटबाट व्यावसायिक उत्पादन गर्ने लक्ष्य थियो । आयोजनाले यही जेठ ३ गते शुक्रबारदेखि परीक्षण उत्पादन सुरु गरेको थियो । यही जेठ ३० गते कामदार फर्कने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए ।

लिखित सहमति दिने श्रम, दोष परराष्ट्रमाथि !

नेपाल र मलेसिया दुवै देशबाट अनुमति पाएका संस्थाले गरेको काम श्रम मन्त्रालयको नजरमा कसरी अवैध र ठगि र सिण्डिकेट भयो? तर कतारको स्वास्थ्य परीक्षण, कामदार र कम्पनीबीच हुने श्रम सम्झौता गर्न एउटा मात्र संस्थालाई अनुमति दिनु कसरी सिण्डिकेट,ठगि र अवैध कहलिएन?

अमेरिकी भिसा पाउन सामाजिक सञ्जाल सम्बन्धी विवरण पेस गर्नुपर्ने

अमेरिकामा प्रवेशाज्ञा (भिसा) पाउन अब लगभग सबै आवेदकले आफ्ना सामाजिक सञ्जाल सम्बन्धी विवरण पेस गर्नुपर्ने भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्