काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेेले भिसा पाएका छन्। क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि भिसा अप्लाई गरेका उनलाई अमेरिकी दूतावासले बिहान भिसा दिन अस्वीकार गरेको थियाे।
दूतावासले फेरि रिभ्यूका लागि बाेलाएर भिसा दिएकाे हाे। उनले ट्विट गरेर जानकारी गराउँदै अमेरिकी दूतावास, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई धन्यवाद दिएका छन्। अमेरिकी दूतावासले उनलाई भिसा नदिएकाे समाचार विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित भएपछि उनका समर्थकले सामाजिक सञ्जालमा व्यापक विराेध गरेका थिए।
प्रकाशित: २८ श्रावण २०७६ ०८:४० मंगलबार