११ मंसिर २०८१ मंगलबार
image/svg+xml

गोली लागेर एकको मृत्यु

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुई थान भरुवा बन्दुक बरामद

प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–१ स्थित सानो डाँफे र शान्तिपुर जङ्गलमा दुई थान भरुवा बन्दुक फेला पारेको  छ।

भरुवा बन्दुकसहित दुई पक्राउ

मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

‘आत्मसमर्पण गरेर वार्तामा बस्दैनौं’

बन्दुक बिसाएर शान्तिपूर्ण राजनीतिमा आएमात्रै वार्तामा बस्न सकिने सरकारका प्रवक्ताको धारणाप्रति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ। विप्लव समूहले सरकार मुठभेडमा जान चाहेको आरोप लगाएको छ। सरकारको पछिल्लो धारणाले झनै परिस्थिति बिग्रार्न खोजेको दाबी उसको छ।

भरुवा बन्दुकसहित दुई पक्राउ

इलाम नगरपालिका ३, मकैबारीबाट प्रहरीले ४ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ।  इलाम र पाँचथरबाट खटिएको प्रहरी टोलीले इलामकै सन्दकपुर गाउँपालिका–१ का ३५ वर्षे रामकुमार राई र त्यहींका २७ वर्षे मीनकुमार फागोलाई पक्राउ गरेको हो।

हतियारसहित तीन पक्राउ

इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन्।

बेएल्सामा प्रहरी चौकी आक्रमण, चार प्रहरी मारिए

बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ।

हातमा बन्दुक र हृदयमा कविता

कवितैकविताले लछप्पै हृदय भिजेका सैनिक कविलाई मानिसको टाउको र छातीमा बन्दुक ताक्दा हात काँप्यो । तसर्थ, उनले जागिर हापेर सदालाई बन्दुक त्याग्ने निधो गरे।

सरकारी भवनमा अन्धाधुन्ध गोली प्रहार, १२ जनाको मृत्यु

एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ।

भरुवा बन्दुक पड्किँदा एक युवाको मृत्यु

बारुद भर्दै गर्दा पड्केको भरुवा बन्दुकले घाइते भएका काँकुका एक व्यक्तिको मृत्यु भएको छ।

धादिङमा ३० थान अवैध भरुवा बन्दुक बरामद

उत्तरी धादिङको विभिन्न क्षेत्रबाट ३० थान भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङको सक्रियतामा जिल्लाको रुवीभ्याली, गंगाजमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट बरामद गरिएको हो।

विप्लवले बन्दुक बोक्नुपर्दैन, मुलुक समृद्धितिर लम्किसक्यो :  मुख्यमन्त्री राई

विप्लव समूहले बन्दुक बोकिरहनुपर्ने अवस्था नरहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्। माप्य दूधकोसी गाउँपालिकाको समीक्षालय हल र प्रहरी चौकी भवन उद्घाटनमा पुगेका उनले मुलुक समृद्धिको दिशामा अघि बढिसकेको भन्दै संघीय संरचनाबाट मात्र विकास सम्भव भएको बताए।

भरुवा बन्दुकसहित एक पक्राउ

प्रहरीले सूर्याेदय नगरपालिका–५ बाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ। स्थानीय ४३ वर्षे हर्कबहादुर लिम्बूको घरमा खानतलासी गर्दा भरुवा बन्दुक भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्