६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

भरुवा बन्दुक पड्किँदा एक युवाको मृत्यु

सोलुखुम्बु– बारुद भर्दै गर्दा पड्केको भरुवा बन्दुकले घाइते भएका काँकुका एक व्यक्तिको मृत्यु भएको छ।

आइतबार अपरान्ह घरेलु भरुवा बन्दुक भर्ने क्रममा पड्किँदा माप्यदुधकोशी गाउँपालिका ४ डाडाँगाउँका २० बर्षे सुमन राई गम्भीर घाइते भएका थिए। पेटमा गोली लागेर गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल फाप्लु लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए। 

शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ।

 

प्रकाशित: ३ वैशाख २०७६ ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App