१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सिद्धपोखरीमा लाग्यो मेला

भक्तपुरको सिद्धपोखरीमा सोमबार मेला लागेको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको भोलिपल्ट मेला लाग्ने गर्छ। यसपालि मेला भर्न उपत्यकाका हजारौं श्रद्धालु सिद्धपोखरीमा आएका थिए।

सिद्धपोखरीमा दीपावली

भक्तपुरको सिद्धपोखरीमा आइतबार साँझ दीपावली गरिएको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली गर्ने गरिन्छ।

इन्द्रजात्राको रौनक: स्वास्थ्य मापदण्ड पालनामा चुनौती

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेपनि इन्द्रजात्राका कारण वसन्तपुर दरबार क्षेत्रलगायत काठमाडौँ उपत्यकाका भित्री सहरमा चहलपहल बाक्लो छ।

आज इन्द्रजात्रा पर्व मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।

इन्द्रजात्राको लिङ्गो शनिबार बिहान ठड्याइँदै

जात्राको तयारीस्वरूप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सम्पन्न गरिएको छ। तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ।

इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरूलाई दिइयो कोरोनाविरुद्धको खोप

इन्द्रजात्राको व्यवस्थापनमा खटिने तीन सय जनालाई काठमाडौं महानगरपालिकाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ। काठमाडौंको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो।

इन्द्रजात्रा नालिबेली

यःसिं (लिंगो)का लागि रूख छान्न पहिले पहिले बली दिने बोकालाई पूजा गरी रक्सी खुवाई छाडिन्थ्यो। त्यसरी छाडेको बोकाले जुन रूखलाई हिर्काउँछ, त्यही रुख यःसिं का लागि योग्य हुन्छ भन्ने विश्वास गरिन्थ्यो।

कोरोनाले रोक्यो ऐतिहासिक इन्द्रजात्रा

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाको प्रसिद्ध इन्द्रजात्रा पहिलो पटक रोकिएको छ ।

इन्द्रजात्रा अनुष्ठान

प्राचीनकालमा असुर नाम गरेको एउटा दैत्यले इन्द्रलाई ‘स्वर्गको गद्दी छाडिदेऊ, नत्र लडाइँ गर्न आऊ’ भनी हाँक दियो। अन्तमा इन्द्रको र दैत्यको ठूलो लडाइँ भयो। इन्द्रले दैत्यको राज्य जितिलिए। सोही उपलक्ष्यमा आफूले जितेको राज्यमा उनले झन्डा गाडे, त्यसैलाई लिंगो भन्छन्।

नानिचासँगै सकियो इन्द्रजात्रा

उपत्यकामा आठ दिनयता चल्दै आएको इन्द्रजात्रा मंगलबार नानिचा (महिलाले रथ तान्न) जात्रासँगै सकिएको छ । भदौ २४ गतेदेखि सुरु भएको जात्राको अन्तिम दिन वसन्तपुर हनुमानढोकास्थित कुमारीघरदेखि नरदेवी–इन्द्रचोकतर्फ तानिएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिए । उनका अनुसार जात्राको अन्तिम दिन विधिपूर्वक कुमारी र अन्य देवीदेवताको पूजाआजा गरिएको थियो ।

फूल चोर्दा बाँधिएका थिए इन्द्र

उपत्यकामा यतिखेर इन्द्रजात्रामय छ। बसन्तपुरको हनुमानढाको क्षेत्र इन्द्रजात्राका विभिन्न परम्परागत नाचगानमा झुमेको छ। हनुमानढोकास्थित कुमारी घरको अगाडि देखाइने कुमारी, गणेश–भैरव, लाखे नाच, पुलकिसी नाच, दश अवतार नाच इन्द्रजात्राकै प्रतीक हुन्। यी नाच हेर्न मानिसहरु लालायित हुन्छन्। साझँपख हनुमानढोका क्षेत्रमा मानिसहरु यीनै नाच हेर्न झुम्मिन्छन्।

‘यलम्बर’ले हेरे इन्द्रजात्रा

नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै सकिएको छैन। रथयात्रा, लाखेनाचहरु चलिरहेको छ। इन्द्रजात्रा शुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ।

महानगरको निमन्त्रणामा इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनाले भने: नेपाल साँच्चिकै सुन्दर रहेछ

इन्द्रजात्रा पर्व अवलोकनका लागि काठमाडौं महानगरपालिकाको औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले विभिन्न स्थानको भ्रमणपछि उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

इन्द्रजात्रा हेर्न ५ देशका ४१ पाहुना

विदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिले इन्द्रजात्राको अवलोकन गरेका छन्। महानगरको निमन्त्रणामा इन्द्रजात्रा अवलोकन गर्न ५ देशका ११ सहरबाट ४१ विदेशी पाहुना आएका हुन्। महानगरका अनुसार चीनको ल्हासाबाट मेयर गुहेओ गुहेओ, भुटानको थिम्पु नगरबाट मेयर किन्ले दोर्जे, भारतको नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंह प्रतिनिधि मण्डलसहित आएका छन्। चीनको लाञ्चाउबाट कमिटी अफ द सिपिपिसिसीका उपाध्यक्ष ज्याङ् सिओहाङ् आएका छन्।

इन्द्रजात्रा मनाइयो, राष्ट्रपतिद्वारा अवलोकन (फोटो फिचर)

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्