२६ वैशाख २०८१ बुधबार
image/svg+xml

इन्द्रजात्रामा रमाए विदेशी पाहुना, अमेरिका, जापान र भुटानका प्रतिनिधि दंग

इन्द्रजात्रा पर्व अवलोकनका लागि काठमाडौं महानगरपालिकाको औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाले आज पदयात्रा गरी काठमाडौंको पुरानो भित्रीशहरका विभिन्न स्थानहरू अवलोकन भ्रमण गरेका छन्। पदयात्राअघि उनीहरूलाई हनुमानढोका दरवार क्षेत्रमा मेयर विद्यासुन्दर शाक्यलगायत विभिन्न पदाधिकारीले स्वागत गरेका थिए।

इन्द्रजात्रा अगाडि प्रहरी धरपकड, पूर्व डिआइजी पनि पक्राउ

इन्द्रजात्राको अवसरमा बसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरमा आउँदा विरोध प्रदर्शन हुने आशंकामा प्रहरीले पूर्व डिआइजी र एकजना नेपाली सेनाका अधिकृतसहित दर्जन बढीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्वडीआईजी विजयराज भट्ट पनि छन् ।

पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’को स्थापना

पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’को स्थापना भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कोषको घोषणा गरेका हुन्।

इन्द्रजात्रा हेर्न विदेशी पाहुना

उपत्यकाको ऐतिहासिक सम्पदाहरुको अवलोकन गराउने छौं।’ उनका अनुसार पाहुनाहरु बिहीबारसम्ममा नेपालमा आइपुग्ने छन्।

इन्द्रजात्रामा पहिलोपटक चीन, अमेरिका र जापानसहित ६ देशका पाहुना

काठमाडौं उपत्यकामा मनाइने राष्ट्रिय पर्व इन्द्रजात्रामा पहिलोपटक विदेशी पाहुना आउने भएका छन्। पाहुनाहरु बुधबार साँझ तथा बिहीबार विहानसम्म काठमाडौं आइपुग्ने छन्।

हनुमानढोकामा लिङ्गो ठड्याइयो : इन्द्रजात्रा शुरु

यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परा अनुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ। नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ।

इन्द्रजात्रा अवलोकन गर्न पाँच देशका मेयर काठमाडौं आउने

वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे आजु, हलचोक, आकाश भैरव, पुलुकिसी आजु, लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठीले जात्राको तयारी र व्यवस्थापन गरेका छन्।

इन्द्रजात्राका सात स्वर

साँझ पर्नै लाग्दा मानिसको भीडभाड बढ्दै जान्छ। पुराना इँटा र काष्ठकलाले सजिएको डबली खचाखच हुन्छ। साइट–साइटमा टागिँएका लाइटले मधुरो उज्यालो फ्याकिरहेको छ। सहजै त्यहाँ उपस्थित मानिसको अनुहार छुट्याउन मुस्किलै पर्छ। हनुमानढोकास्थित ननिको डबलीमा देवी, देवता र दानवको भेषमा कोही देखा पर्छन्। मानव कंकालरूपी मुखुन्डो भिरेको त्यो दृश्यले भीडको ध्यान खिँचिदिन्छ। अनि सुरु हुन्छ– दीप्याखं अर्थात् देवीनाच।

इन्द्रजात्राको तयारीमा जुट्दै २९ गुठी

भन्नै नपर्ला, ‘उपत्यकाका जात्रा पर्व गुठीकै भरमा चलेका छन्।’ गुठी र तीनका गुणयार सदस्यले गर्दा नेवार समुदायको मौलिक पर्व मलीन बन्ने अवस्थामा छैनन्। टोलटोल मिलेर नै सयौं वर्ष पुराना नाच र जात्रापर्व जोगाइरहेका छन्। वर्षैभर चाडपर्व धान्न सक्रिय रहने गुठी र गुठीयार हिजोआज इन्द्रजात्राको तयारीमा छन्। बसन्तपुर क्षेत्रका २९ वटा गुठीले इन्द्रजात्रामा सहकार्य गर्दै आएका छन्। अरुबेला भिन्नभिन्न भूमिका निभाउँदै आएका गुठिहरु एकत्रित भएर इन्द्रजात्रालाई सफल पार्ने धुनमा लागेका हुन्।

इन्द्रजात्राका लागि सरकार दियो १४ लाख, महानगरपालिकाले पनि सहयोग गर्ने

काठमाडौं महानगरपालिकाको पहलमा केन्द्रीय सरकारले इन्द्रजात्रा व्यवस्थापनका लागि १४ लाख आर्थिक सहयोग गरेको छ।

इन्द्रजात्राका लागि काठमाडौं महानगरद्वारा १० लाखको चेक हस्तान्तरण

काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका लागि १० लाख अनुदान सहायता उपलब्ध गराएको छ।

इन्द्रजात्रामा पहिलोपटक चीन, जापान र अमेरिकी पाहुनालाई निम्तो

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रिय पर्व इन्द्र जात्रालाई अब अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउने चाडका रुपमा मनाउने बताएका छन्।

एउटा फरक पात्र – मुपात्र

मुपात्र जात्रा भक्तपुरको इन्द्रजात्राको प्रमुख आकर्षण हो । तर, जात्राको मुख्य पात्र बन्न कोही रुचाउँदैनन् । अरुले मन नपराउने यहि भूमिका यहाँ एक गैर नेवारले निभाउँदै छन् ।

परम्परा टुटेको इन्द्रजात्रा

‘देवता र राक्षसरूपी शृंगारमा राजाको अघि नाच्दा आङै सिरिङ्ग हुन्थ्यो, राजाको सामुन्ने उभिएर नाच देखाउनु भनेको चानचुने पनि थिएन,’ इन्द्रजात्राका कलाकार राजेन्द्र श्रेष्ठले करिब ३० वर्ष अघिको इन्द्रजात्राको सम्झना गरे, ‘अहिले जात्रा झुर बन्दै गयो, समाजले यसलाई महत्व दिनै छाड्यो।’

रथ तान्न तयार महिला

काठमाडौं ठमेलकी हसना महर्जन दिनदिनै मर्निङ्गवाक् जान्छिन् । उनलाई मर्निङवाक् जाँदा रमाइलो पनि लाग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्