२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

किन होला मसँग के बोल्न हुँदैन र

किन होला मसँग के बोल्न हुँदैन र, मनका कुरा मसँग के खोल्न हुँदैन र। म पनि त हजुरकै प्रिय मित्र हो नि हजुर, दुखसुख मसँग के घोल्न हुँदैन र।

धर्ती फूलहरू

गलत गरेर सही गर्नेहरू र सही गरेर गलत गर्नेहरू अपराध गरेर माफी माग्नेहरू र माफी मागेर अपराध गर्नेहरू हामी भोग्दैछौ माया गरेर पाप गर्नेहरू र पाप गरेर माया गर्नेहरू खोजौ कसरी कहाँ छन बबुरा गलत नगरी सही गर्नेहरू।

एकादेशको कथा

उज्यालो हुदाँनहुँदै नौलीका लागि एकादेशको ढोका बन्द भएको जानकारी गराइयो। नौलीबाट जन्म भएको बच्चा भने एकादेशमा रहने भन्ने कुरा आयो। यो कुराले नौलीको पक्षमा आगो लाग्यो। त्यो बच्चा आमाविहीन भएको छ। आजभोलि नौली र एकादेशको लडाइँ अदालतमा पुगेको छ। एकादेश भने उनीहरूको लडाइँमा जलिरहेको छ।

आदेश

“मन्त्रीज्यूको आदेश हजुर ।” ल्याउनेले भन्यो । फाइल बोकेर मन्त्रीको कोठामा पसेँ । “मन्त्रीज्यू, यो सरकारी जग्गा व्यक्तिको नाममा गर्न कसरी मिल्छ ?” मैले सोधेँ ।– मिल्नेनमिल्ने मलाई थाहा छैन । मिलाएर गर्नोस् । मैले आफ्नो अडान छाडिनँ तर बदलामा केही दिनपछि आफ्नो सिट छाड्नु परयो ।

लालपट्टा

खुट्टी खोलाको नजिकै खपरा (माटाको खपटा) भएको महलजस्तै घर थियो, सुगिलाल थारुको। बीस कोठाको घर, चार कट्ठाको आँगन। त्यस घरलाई पोखरापाटन घर भनेर चिन्थे सबैले। त्यस घरको अलि पर फाट्टफुट्ट फुसका घर थिए। चारैतिर खुला हरिया खेतका फाँट। चराको चिर्बिर आवाज, कोइलीको कुहुकुहुको मधुर ध्वनि, हावा चल्दा खेतबाट धान र गहुँको बाला स्पर्श गरेर चल्ने हावा गुञ्जायमान हुन्थ्यो।

डर

म कौसीमा बस्छु। मेरो घर बगैंचाभरि थरीथरीका फूलहरू फुलेका छन् । त्यही बाटो भएर युद्धपिपासुहरू बन्दुक र गोली गठ्ठा बोकेर हिंड्छन् । म डरले मुन्टो निहुराएर घरभित्र पस्छु र लामो श्वास फेर्छु आफू बाँच्न सफल भएको भ्रममा म कापकापबाट हेर्छु फूलहरू भने मुस्कुराएर स्वागत गरिरहेछन् उनै बन्दुकधारी युद्धपिपासुहरूलाई ।

पुराणको पथमा स्वस्थानी व्रतकथा

माघमा जब सूर्य थकित भएर अष्टाचलबाट अस्ताउन खोजिरहेको हुन्छ, तब काठमाडौंको घरघरमा कनिकुथी गरेरै भए पनि एउटा श्लोक सुनिने गर्छ, त्यो हो– यं ब्रह्मां बरुणेन्द्ररुद्रमरुतः स्तुवन्ति दिव्यै स्तवै...। श्लोकको पारणपछि संसारको सृष्टिदेखि विलयसम्मको कथा सुरु हुन्छ। यसरी सुरु हुने कथा हो– स्वस्थानी व्रतकथा।

चेसको प्यादा

मेरो कौतुहलता अझै मेटिएन । फेरि कोट्याउन थाले– देशले कोल्टे फेर्छ भनेको, उल्टो पो फेरेछ । के फेरि राजतन्त्र आउँछ ? म टेलिभिजनतिरै आँखा तेर्साउँदै ऊसंग बोल्दै थिएँ । म प्रश्नको जवाफ पाउने आशमा ऊतिर फर्किन खोजेको । ऊ त पर पो पुगिसकेको रहेछ ।

बुढो सूर्य

पछ्याउँदै मलाई बुढो सूर्य यहाँसम्म पनि आइपुगेछ बीचमा कतै हराएको थियो थियो होला सायद कुनै ट्रान्जिटमा दोहामा, दुबईमा, अबुधाबीमा बैंकक, सिंङ्गापुर वा हङकङमा यो बुढो सूर्य जता जान्छु म, त्यतै आउँछ हजारौं हजार वर्षदेखि निरन्तर यात्रामा छ ।

पत्रुकारिता

मान्छेहरूले घेरा हालेर केके सोधिरहेका छन् भन्ने खबर पाएर पुर्णबहादुरको आमाछोरालाई केके न भएछ भन्दै दौड्दै गइन् । तेर्सिएका क्यामेरा, माइकको झुण्डलाई प्रवाह नगरी उनले छोरालाई च्याप्प समातिन् । एउटा युट्युबरले माइक तेर्साउदै उनैलाई सोध्यो – यत्रो उमेरको मान्छे यति थोरै उचाइ हुंदा आमा भएको नाताले तपाईलाई कस्तो लाग्छ ?’ आमाले रिसाउँदै भनिन् –काम छैन तपाईहरूको ? चार वर्षको बच्चा यहांभन्दा कति अग्लो हुनुपर्यो ?

कौवाको एकता

सरोजको हात भाँचिएकै रहेछ । उपचार गर्दा निकै खर्च भयो र उसले दुःख पनि पायो । अहिले सरोज ठूलो भइसकेको छ तर पनि त्यो घटना सम्झिरहन्छ । अहिले पनि ऊ भन्ने गर्छ— एकता हुनु त कौवाको जस्तो ।

उमेर ढल्किदै छ आफ्नो भन्ने मान्छे छैन !

हिँडेको सोझो बाटो चिप्लिएर पछारिए समय बितिगयो कति बोकूँ बोझ तिम्रो थाकेको सिङ्गो शरीर पन्छाउन थाल्दै छु। चिप्लियो डङ्ग्रङ्ङ अत्याउँदै सबैलाई छलेर बाटो खोज्दा समाउने ठाउँ छैन लाजले मुख छोपेर हत्तारिदै दौडियो । आवाजै डरलाग्दो अनुहार मिले पनि पाइला नाप्दै जाँदा बाटो खोजे भेटिएन धमिलो पानी हेरेर भाग्दा भाग्दै चिप्लेछु।

तस्वीर जीवनको

व्यस्त हुँदा उनले आफ्नो बगैंचामा घुम्नेसम्म मौका पाएका थिएनन्। अहिले एकाबिहानैदेखि टोलका कुनाकाप्चाका रक्सी पसलहरू घुम्ने मौका पाएका छन् । कहिले कुनै कहिले कुनै टोलका व्यक्तिले उनलाई पिउन पाउने आसले साथ दिइरहेका हुन्छन् । पहिले त उनको अगाडि पर्ने हैसियत पुग्दैन थियो । अहिले पिउन पनि साथी बनेका छन् किनकि उनी अहिले भूपू भएका छन् । फुर्सदिला भएका छन् । रक्सीको कुलतले उनी सबै कुरा बिर्सदै छन् ।

कवि मदन राई ‘लामाखुले’ ले टेकेका डोबहरू

मदन राई ‘लामाखुले ’ मुन्दुमी संस्कृतिको जगमा निर्मित भव्य कवि हुन् । उनको काव्यको भाषा , शिल्प र ध्वनिले मुन्दुमी दर्शनको मूल्यलाई मानव जीवनसंग मिहीन ढंगले जोडेको पाइन्छ । जगतका समाज उपयोगी सूक्ष्मतम सत्यहरूलाई बिम्बात्मक रूपले अभिव्यक्त गर्न रुचाउने कवि लामाखुलेको आदर्श अर्थात् काव्यको शिर दार्शनिकता हो भने विचार पगरी हो ।

आमाले घर छोड्दा

बिहानबिहानै एक हुल परेवा चारो खान आउँथे , मलाई सम्झेर। ऊ त्यो लाँकुरीको बोटमा बसेर एउटा चरा मलाई हेर्दै कराउँथ्यो। तेरो बा चरा बनेर बोलेजस्तै लाग्थ्यो। मेरो यो झोलामा अट्ने भए म सबै अटाएर साथै लान्थे। मन यतै छोडेर यो शरीर मात्र लिएर जाँदै छु म ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्