२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

बुढो सूर्य

कविता

पछ्याउँदै मलाई

बुढो सूर्य

यहाँसम्म पनि आइपुगेछ

बीचमा कतै हराएको थियो

थियो होला सायद

कुनै ट्रान्जिटमा

दोहामा, दुबईमा, अबुधाबीमा

बैंकक,सिंङ्गापुर वा हङकङमा

यो बुढो सूर्य

जता जान्छु म, त्यतै आउँछ

हजारौं हजार वर्षदेखि

निरन्तर यात्रामा छ

हो त्यही सूर्य

रूप त्यही  छ  

आकार त्यही छ  

अर्को हुँदै होइन

वर्डस्वर्थ र शेक्सपियरले देखेको सूर्य पनि त्यही हो

भानुभक्त र देवकोटाले देखेको सूर्य पनि त्यही हो

रत्तिभर फरक छैन

विश्वयात्रामा छ सूर्य

जूनजस्तै

क्षितिजपारिबाट  

फुत्त –फुत्त निस्कदै

हराउँदै

झ्यालबाट छिरेर

मेरो कोठामा

साउती गर्न आउँछ

यो बुढो सूर्य

अन्नत यात्रामा छ ऊ

करोडौं मान्छेहरू आए

करोडौं मान्छेहरू गए

तर ऊ

निरन्तर यहीं छ

युगौं युगदेखि यात्रामा

कहिल्यै सुस्ताएन

सदा जीवन र जगतको

कल्याण गर्दै

यो बुढो सूर्य

विश्वयात्रामा छ

निरन्तर !

प्रकाशित: २३ माघ २०७७ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App