२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

किन होला मसँग के बोल्न हुँदैन र

मुक्तक

       १)

रवाफले नै मार्यौ तिमीले मलाई,

जवाफले नै मार्यौ तिमीले मलाईँ

साँचो माया गर्छु तिमीलाई भनी,

अभावले नै मार्यौ तिमीले मलाई ।

        २)

किन होला मसँग के बोल्न हुँदैन र,

मनका कुरा मसँग के खोल्न हुँदैन र ।

म पनि त हजुरकै प्रिय मित्र हो नि हजुर,

दुखसुख मसँग के घोल्न हुँदैन र।

        ३) 

मिठो कुरा बोल्दा पनि रिसाउनेलाई के भन्नु र,

एउटा भाको मुटु पनि बिसाउनेलाई के भन्नु र।

 सधैंभरि शंका गरी झगडा गर्नु नहुने थियो,

 प्रेमिल यो मन मुटु चिसाउनेलाई के भन्नु र । 

       ४)

कोही कतै लुकेको छ आज,

कोही कतै चुकेको छ आज।

कठै बाध्यतामा अल्झिएर,

कोही कतै झुकेको छ आज।

प्रकाशित: २४ माघ २०७७ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App