५ आश्विन २०८१ शनिबार
image/svg+xml

निर्मला हत्याकाण्ड : अझै सार्वजनिक भएन डिएन रिपोर्ट

निर्मला पन्तको हत्यामा संलग्न भएको आरोप स्विकारेको भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट अझै सार्वजनिक भएको छैन ।

प्रवासी नेपालीलाई इमेलमै प्रहरी रिपोर्ट

अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन्। फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच गरिन्।

उपत्यकाको ३२ ठाउँमा ट्राफिक लाइट आवश्यक (भिडियो रिपोर्ट)

ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण मानिने ट्राफिक लाइट विस्तारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोड दिएको छ। महाशाखाका अनुसार उपत्यकाका ३२ स्थानमा ट्राफिक लाइट आवश्यक छ।

सडकमा मोटरसाइकलको राज (भिडियो रिपोर्ट)

मध्यम वर्गीय नेपाली र मोटरसाइकल एकअर्काका पर्यायजस्तै बनेका छन्। मध्यम र न्यून–मध्यम वर्गमा मोटरसाइकल लोकप्रिय सवारी साधन हो।  मोटरसाइकलको बढ्दो प्रयोगसँगै काठमाडौंका सडकमा नयाँ चुनौती थपिएका छन्। एकातिर सार्वजनिक सवारीसाधनको प्रयोग घट्दो छ भने अर्कोतिर काठमाडौंका सडक असुरक्षित हुँदै गएका छन्।

सहकार्य नहुँदा सम्पदा जोखिममा (भिडियो रिपोर्ट)

बसन्तपुर हनुमान ढोका क्षेत्रमा रहेका कतिपय मठ–मन्दिरहरू पुनर्निर्माणको प्रक्रियामा छन् भने कतिपय त्यसको पर्खाइमा छन्।सरोकारवाला निकायबीच सहकार्य हुन नसक्दा सम्पदाको उचित पुनर्निर्माण र वास्तविक स्वरुपमा फर्कने कुरामा आशंका बढेको छ।

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका २ कर्मचारी फन्दामा

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका दुई कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

सरकारविरोधी प्रदर्शनको रिपोर्टिङ गरिरहेका पत्रकार मारिए

निकारागुवामा भइरहेको सरकार विरोधी प्रदर्शनको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिरहेका एक पत्रकारको गोली लागेर मृत्यु भएको छ।

स्वास्थ्य क्षेत्रमा ‘अनलाइन रिपोर्टिङ’ प्रभावकारी

जिल्लाका स्वास्थ्य संस्थाले सञ्चालन गर्ने विभिन्न गतिविधि कार्यालयमा नै बसेर अद्यावधिक गर्नका लागि सुरु गरिएको ‘अनलाइन रिपोर्टिङ’ प्रभावकारी बनेको छ।

वैदेशिक रोजगारीका लागि यूएई जान प्रहरी रिपोर्ट नचाहिने

संयुक्त अरब इमिरेटस् (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट नचाहिने नयाँ नियम ल्याएको छ। अप्रिल १ देखि लागु हुने गरि यूएईको परराष्ट्र मन्त्रालयले यस्तो निर्णय गरेको हो।

युएई जान प्रहरी रिपोर्टको सास्ती

निकैको दौडधुपपछि काठमाडौंस्थित संयुक्त अरब इमिरेट्स (युएई) को राजदूतावासमा बुधबार चालचलनको रिपोर्ट बुझाएपछि बर्दिया, मधुवनका कमल डाँगी निकै खुसी थिए ।त्यसो त तीन दिनअघि नै चालचलन प्रमाणितको प्रहरी रिपोर्ट बुझाएर घर फर्कने योजना बनाएका डाँगीले बुधबार पनि सोही रिपोर्ट युएईको दूतावासमा बुझाउन पाउने÷नपाउने यकिन थिएन।

फोरेन्सिक रिपोर्टले पत्ता लगायो श्रीदेवीको निधनको कारण

बलिउड अभिनेत्री श्रीदेवीको निधनको कारण पत्ता लागेको छ। दुबई प्रहरीले सोमबार सार्वजनिक गरेको फोरेन्सिक रिपोर्टमा ‘बाथटप’मा डुबेरमा श्रीदेवीको निधन भएको उल्लेख छ।

एफबीआइ विरुद्ध रिपोर्ट सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि राष्ट्रपतिकाे समयमा निर्वाचनमा शक्तिको दुरुपयोग गरेको आरोप लागेको छ । अमेरिकी क‍‌‍‌‌‍‌‍‌ग्रेसको संघीय अनुसन्धान ब्युरो एफबीआइले ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा शक्तिको दुरुपयोग गरेको खुल्न आएको रिपोर्टमा उल्लेख छ।

४ जनाको मृत्यु भएको छ महिना बित्दा पनि भिसेरा रिपोर्ट आएन

एकै परिवारका ४ जनाको मृत्यु हुने गरी बनेपामा भएको घटनाको छ महिना बितिसक्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आउन सकेको छैन।

संयुक्त कार्यदलको रिपोर्टबारे छलफल गर्दै ओली-दाहाल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले तयार पारेको रिपोर्टबारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको छ।

प्रदेश २ मा कहाँ कसरी भइरहेछ मतदान? (आठै जिल्लाबाट स्थलगत रिपोर्ट)

प्रदेश २ मा सोमबार बिहानैदेखि मतदान सुरु भएको छ। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा एवं पर्साबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार ती जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। सप्तरीस्थित नागरिकन्युजकर्मी जितेन्द्र झाका अनुसार मतदाताहरु उत्साहपूर्ण रुपमा मतदान केन्द्र अाएर बिहान ५ बजेदेखि लामबद्ध भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्