५ आश्विन २०८१ शनिबार
image/svg+xml

एसएसबीद्वारा मारिएका गौतमको 'पोष्टमार्टम' रिपोर्ट भारतले माग्यो

भारतीय सशस्त्र सीमा सुरक्षा बलको गोलीबाट एक नेपाली मारिएको घटनाका कारण शुक्रबार कैलाली र कञ्चनपुरका सीमा नाका तनाबग्रस्त रहेका बेला भारत सरकारले विज्ञप्ति जारी गरेको छ। भारतीय विदेश मन्त्रालयले घटनामा 'मारिएका भनिएका' गाैतमको पोष्टमार्टम तथा फोरेन्सिक रिपोर्ट सेयर गर्न अाग्रह गरेको हो।

प्रभावहीन बन्दै सतर्कता केन्द्र, चिठीकै भरमा रिपोर्ट

सार्वजनिक निकायमा हुने भ्रष्टाचार निवारण र नियन्त्रणका लागि काम गर्ने राष्ट्रिय सतर्कता केन्द्र पछिल्लो समय प्रभावहीन बन्दै गएको छ। केन्द्रमा परेका उजुरीमाथि गरिने अनुगमन तथा अनुसन्धान फितलो हुँदा काम प्रभावकारी बन्न नसकेको पछिल्लो तथ्यांकले देखाउँछ।

यम बुद्धको पोष्टमार्टम रिपोर्ट यस्तो छ

गत शनिबार लन्डनस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी (यम बुद्ध) को पोष्टमार्टम रिपोर्ट बिहीबार परिवारले पाएको छ। परिवारले चिकित्सकीय रिपोर्ट प्राप्त गरेसँगै शव नेपाल पठाउने कानुनी प्रक्रिया सुरु भएको छ।

मुखर्जी भ्रमणको रिपोर्टिङ गर्न गएका पत्रकार पक्राउ

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण रिपोर्टिङ गर्न गएका पत्रकार लोकराज जैशीलाई प्रहरीले पक्राउ गरेको छ। समाचार संकलनका क्रममा प्रहरीले अभद्र व्यवहार गरी पक्राउ गरेको क्रान्तिकारी पत्रकार महासंघले जनाएको छ।

एमनेस्टी रिपोर्ट असत्य : प्रहरी

नेपाल प्रहरीले कैलाली घटनाका दोषीलाई अनुसन्धान र प्रमाणका आधारमा पक्राउ गरी अदालतसमक्ष पेस गरेको दाबी गरेको छ। प्रहरीले बुधबार विज्ञप्ति निकाल्दै एमनेस्टी इन्टरनेसनलको रिपोर्टमा सत्यता नभएको दाबी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्