प्रेस काउन्सिलले अनलाइनको वर्गीकरण गर्ने
प्रेस काउन्सिल नेपालले अ पत्रपत्रिका वर्गीकरण मापदण्ड परिमार्जन गर्ने भएको छ। नयाँ व्यवस्थामा अनलाइनलाई पनि वर्गीकरण गर्ने तयारी थालेको छ। वर्गीकरणलाई अझ व्यावहारिक, वस्तुनिष्ट, वैज्ञानिक र पारदर्शी बनाउन काउन्सिलअन्तर्गतको ‘वितरण सम्परीक्षण समिति’ ले सो मापदण्डको मस्यौदा परिमार्जनका लागि छलफल अगाडि बढाएको हो।