१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

स्पेनिस सुपरकपको उपाधि बार्सिलोनालाई

बार्सिलोना–सेभिल्लालाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ। आज बिहान बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न दोस्रो लिगको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३–० गोल अन्तरले पराजित गरेको हो।

उसकोे जितमा आन्ड्रा तौरानको दुई तथा लियोनेल मेसीको एक गोल गरेका थिए। यस अघि पहिलो लेगमा बर्सिलोनाले सेभिल्लालाई २–० गोल अन्तरले पराजित गरेको थियो।

आउँदो शनिबार बाट सुरु हुने स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाले रियल बेटिसको सामना गर्दा सेभिल्लाले इस्प्यानियोलको सामना गर्दैछ।

 

प्रकाशित: २ भाद्र २०७३ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App