coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

देशभरका शिवालयमा भक्तजनको भुइँचो (तस्बिरसहित )

हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भुइँचो लागेको छ।

तीजमा पशुपतिनाथमा कमाण्ड पोष्‍टको स्थापना

हरितालिका तीजको अवसरमा पशुपतिनाथमा सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ। हिजो देखि पशुपतिनाथको मन्दिर परिसरमा कमाण्ड पोष्‍टको स्थापना गरिएको छ।

‘तीजमा महिला, पुरुष दुवैले व्रत लिनुपर्छ’

धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ।

आज दर खाने दिन

भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि हिन्दु महिलाहरूले आज दर खाने परम्परा रहेको छ।

सदियौँ देखि कायम एकता भाड्नेदेखि सचेत रहनुपर्छ :अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन्।

स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन मुख्यमन्त्री भट्टको आग्रह

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली समाजमा रहेका सबैखाले विभेद एवं हिंसा अन्त्य र समतामूलक समाज निर्माणका लागि महिलाले निर्वाह गरेको भूमिकाको उच्च सम्मान प्रकट गरेका छन्।

खेलाडीलाई छोएन तीजले

घरपरिवार, इष्टमित्र, साथीसङ्गीसँग रमाउने रहर हुँदाहुँदै पनि देशको प्रतिष्ठा जोगाउनकै लागि पनि यतिबेला खेलाडी हरेक दिन मेहनत गरिरहेका छन्। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण विगतका केही वर्ष तीज मनाउन नपाएका खेलाडीका लागि यसपटकको तीज पनि यस्तैयस्तै हुन पुगेको छ।

तीजलाई भड्किलो र खर्चिलो नबनाउन प्रशासनको आग्रह

प्रशासनले पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन सूचना जारी गरी जिल्लाबासीलाई जानकारी गराएको हो।

महालक्ष्मी बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक

महालक्ष्मी विकास बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ।

अस्पतालको वार्डमै तीज मनाउने चेली

तीजमा बिबाहित चेली माइत गएर भेटघाट, खानपिन र रमाइलो गर्ने परम्परा हो। तर भेरी अस्पतालकी स्टाफ नर्स मधु गुरुङ कोभिड वार्डभित्र कोरोना संक्रमित बिरामीकै सेवामा व्यस्त छिन्। तीजको रौनकताले उनलाई खासै छोएको छैन।

आज हरितालिका तिज

तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन्।

खोसिएको रातो रंग

विजय को रंग रातो, उर्जा र प्रेम को रंग पनि रातो । चाडपर्व ,पुजा होस् या विवाह नभै नहुने रंग हो रातो । हामी नेपालीको जीवनमा रातो रंग को विशेष स्थान छ ।

कोरोना संक्रमितको सेवा गरेर नर्सले मनाए तीज

शुक्रबार हिन्दु नेपालीको महत्वपूर्ण पर्व तीज। तर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नर्सिङ इच्चार्ज ज्योती पौडेललाई भने तीजको कुनै प्रवाह थिएन, बरु बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीकै चिन्ता थियो।

तीजमा सुनसान पशुपति क्षेत्र (फोटो फिचर)

कोरोना भाइरसका कारण यो पटकको हरितालिका तीज प्रभावित भएको छ। तीजको दिन देशभरका शिवालयमा व्रतालुहरुको भिड लाग्ने गर्थ्यो तर कोरोनाका कारण मन्दीरहरु सुनसान देखिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्