संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसिरहेको छ।
सङ्घीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको हो। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बसेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र सङ्घीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन्।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (बिहीबार) दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि सोही बैठक कसरी सञ्चालन गर्ने भन्ने सहमति जुटाउन सचिवालयको आह्वानमा बैठक बसेको हो।
प्रतिनिधि सभा निर्वाचनबाट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दलले प्रतिनिधित्व सुनिश्चित गरेका छन्। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका हुन्।
प्रकाशित: १८ चैत्र २०८२ १४:१३ बुधबार





