१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा एफ-३५ लडाकु विमान दुर्घटना

अमेरिकाको लस भेगासस्थित नेलिस एयर फोर्स बेस नजिकै मंगलबार एउटा एफ-३५ ‘लाइटनिङ २’ लडाकु विमान दुर्घटना भएको छ। फक्स न्युजका अनुसार नियमित प्रशिक्षणका क्रममा रहेको उक्त विमान प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको हो।

विमान नेभाडा टेस्ट एन्ड ट्रेनिङ रेन्जको प्रतिबन्धित क्षेत्रमा खसेको थियो, जुन इन्डियन स्प्रिङ्ग्सबाट करिब २५ माइल उत्तरपूर्वमा पर्छ। दुर्घटना हुनुअघि पाइलटले समयमै विमानबाट आफूलाई सुरक्षित बाहिर निकाल्न सफल भएका थिए। अधिकारीका अनुसार पाइलटलाई सामान्य चोट लागेको छ र हाल उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

नेलिस एयर फोर्स बेसका प्रवक्ताले ‘हाम्रा कर्मचारी र समुदायको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो’ भन्दै यो दुर्घटना सैन्य क्षेत्रभित्रै भएकाले सर्वसाधारण र बस्तीमा कुनै क्षति नपुगेको जानकारी दिएका छन्। अहिलेसम्म पनि विमान के कारणले अनियन्त्रित भयो भन्ने कुरा स्पष्ट हुन सकेको छैन। वायुसेनाले घटनाको गम्भीर अनुसन्धान सुरु गरेको बताएको छ। एजेन्सी 

प्रकाशित: १८ चैत्र २०८२ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App