१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पहिरोले पुरिएर अछाममा एकै परिवारका ३ जनाको मृत्यु

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको हो।

सुख्खा पहिरोबाट घाइतेको उपचार हुँदै

मंगलबार बिहान सुर्खेतको पञ्चपुरी नगरपालिका–७ लामाबगर नजिकै गएको सुख्खा पहिरोबाट घाइतेको प्रदेश अस्पताल कालागाउँ वीरेन्द्रनगरमा भएको छ।

कुमौनी होलीमा मस्त छन् सुदूरका बस्ती

घरघरमा गई कुमौनी होली खेल्दा घरधनीले पैसा तथा अन्य सामग्री दिन्छन्। होलीबाट संकलित रकम स्थानीय सामाजिक कार्यमा खर्चिन्छ। धनगढीको जाखोर ताल, शिवनगर, बोराडाँडी, उत्तरबेहडी, तारानगर लगायतका क्षेत्र होलीमय बनेको छ। यहाँ कुमौनी होली खेलिन्छ।

मध्यपहाडी राजमार्गको अछाम खण्ड क्षतविक्षत

पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत अछाममा निर्माण भएको सडक भत्किन थालेको छ। निर्माण सम्पन्न भएसँगै सडक भत्किन थालेपछि राज्यको करोडौं लगानी बालुवामा पानी सरह बनेको छ।

अछाममा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

ज्वरो तथा रुघाखोकी लागेपछि बुधबार उनलाई बयलपाटा अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

सुदूर पहाडमा ढिके नुन प्रयोगमा कमी

‘आयोडिनमा शरीरका लागि आवश्यक पोषक तत्व हुन्छ र आयोडिनको कमीले विभिन्न रोगको संक्रमण हुन्छ भन्ने थाहा पाएपछि आयोडिनयुक्त प्याकेटको नुन प्रयोग गर्न थाल्यौं,’ मीनबहादुरले भने, ‘आफूसँगै अहिले घरपालुवा जनावरलाई समेत प्याकेटको नुन खुवाउने गरेका छौं।’

अछाममा खोलाले बजार नै बगायो, दुई दर्जनभन्दा बढी बेपत्ता

अछामको कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ मा पर्ने सैनी बजार बगाउँदा दुई दर्जन स्थानीय बेपत्ता भएका छन्।

अछाम कारागारमा कैदी मृतावस्थामा

यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन्। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन्।

फागुन मसान्तभित्र अछामलाई छाउपडी मुक्त घोषणा गरिने

फागुन मसान्तभित्र अछाम जिल्लालाई छाउपडी प्रथा मुक्त जिल्ला घोषणा गरिने भएको छ। महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको सहितको टोलीको उपस्थितीमा छाउपडी प्रथा अन्त्यका लागि जारी गरिएको घोषणापत्रमा माघ १५ गतेभित्र अछाम जिल्लाका सवै वडा, फागुन १५ गतेभित्र सवै पालिका र फागुन मसान्तभित्र जिल्लालाई पूर्ण छाउपडी मुक्त जिल्ला घोषणा गर्ने उल्लेख गरिएको हो।

अछाममा डुबेर २ जनाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई जनाको ज्यान गएको छ। शनिवार विहान बाख्रा चराउन घर नजिकैको जंगलमा गएका १३ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको अछामको मंगलसेन नगरपालिका वडा नं ७ जनालीमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो।

चाउचाउ ल्याइदिन्छु भन्दै गएकी आमा चढेको जिप दुर्घटनामा परेपछि...

अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाकी कौसी साउद भदौ १३ गते शुक्रबार बिहानै छोराछोरीलाई बजारबाट चाउचाउ, बिस्कुट ल्याइदिने भन्दै फकाउँदै थिइन्। मुलाको भारी बोकेर हिड्न लागेको देख्दा दुई बर्षको कान्छो छोरो गणेश उनलाई पछ्याउँदै रोइरहेको थियो। आफू बजारबाट छिट्टै फर्किने र चक्लेट ल्याइदिने भन्दै उनी रोइरहेको छोरालाई छोडेर हिँडिन्। उनीसंगै उनकी सासु नाता पर्ने किथ्थी पनी आलुको भारी बोकेर उनीसंगै साँफेबगर तर्फ लागिन्।

अछाममा ८४ प्रतिशत जनता विद्युत पहुँच बाहिर

मेल्लेख गाउँपालिका र विद्युत प्राधिकरण अछाम वितरण केन्द्रको सयुक्त पहलमा अछामको मेल्लेख गाउँपालिकाका सबै वडाहरुमा विद्युतीकरणको काम भईरहेको छ। विद्युत प्राधिकरण अछामले जिल्लाका दुर्गम गाउँमा विद्युत विस्तार गर्न थालेपछि स्थानीय खुशी भएका छन्।

अछाममा चट्याङ लागेर एकको ज्यान गयो

अछामको साफेबगर नगरपालिका ११ देबिस्थानमा एक जनाको चट्याङले लागेर सोमबार ज्यान गएको छ। साफेबगर नगरपालिका ११ भिर्कु टोलमा घर भएका बज्जिर बोहराको देउलीखाद बजारबाट घर जाँदै गर्दा धामीगाउँ टोलमा चट्याङ लागेर ज्यान गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्