‘प्रदेशको नाम लिम्बुवान–किरात राख्नुपर्ने माग
१ नम्बर प्रदेशको नाम लिम्बुवान–किरात राख्नुपर्ने माग गर्दै लिम्बुवान–किरात संघर्ष समिति ताप्लेजुङले सोमबार धारणा सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमार्फत संघर्ष समितिले ऐतिहासिक, शासकीय, भौगलिकता र सामाजिक एवम् सांस्कृतिक संरचनालाई समेट्ने गरी १ नं प्रदेशको नामांकन गर्नुपर्ने बताएको हो।