५ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘प्रदेशको नाम लिम्बुवान–किरात राख्नुपर्ने माग

ताप्लेजुङ – १ नम्बर प्रदेशको नाम लिम्बुवान–किरात राख्नुपर्ने माग गर्दै लिम्बुवान–किरात संघर्ष समिति ताप्लेजुङले सोमबार धारणा सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमार्फत संघर्ष समितिले ऐतिहासिक, शासकीय, भौगलिकता र सामाजिक एवम् सांस्कृतिक संरचनालाई समेट्ने गरी १ नं प्रदेशको नामांकन गर्नुपर्ने बताएको हो।

उसले आफ्ना मागलाई बेवास्ता गरे सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ। विभिन्न संस्थाका १५ जनाको नाम उल्लेख गरेर जारी गरिएको प्रेस विज्ञप्तिमा नाम उल्लेख गरिएका केहीको हस्ताक्षर छैन। प्रदेश १ को नाम लिम्बुवान–किरात राख्नुपर्ने माग गर्दै जारी विज्ञप्तिमा नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला संयोजक सागर आङ्बुहाङ, समाजवादी पार्टी नेपालका प्रदीप मादेन, संघीय लिम्बुवान मञ्च नेपालका भूपेन्द्र मावो, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र थलङ र किरात याक्थुङ चुम्लुङका डिवी पालुङ्वाको नाम उल्लेख छ।
यस्तै आदिवासी जनजाति महासंघ भनेर पेञ्जोक्ला उक्याप, याक्थुङ् लेखक संघका बिबीहाङ् वनेम, लिम्बू विद्यार्थी मञ्चका कृष्ण फुरुम्बो,  किरात याक्थुङ चुम्लुङका सागर मादेन, किरात लिम्बू इतिहास प्रतिष्ठानका उदय लिङ्देन, संघीय विद्यार्थी युनियनका शान्ति लिम्बू, किरात सेवालुङ वाग्मा पोखरी संरक्षण समितिका मुक्साम लावुङ, आदिवासी जनजाति महासंघका एमबी लामा तमू, नेपाल तामाङ घेदुङ संघका शरण तामाङ र किरात मुकुम्लुङ सेवा समाजका ज्ञानु फुरुम्बोको नाम उल्लेख गरेको विज्ञप्ति सार्वजनिक गरिएको हो।

प्रकाशित: २७ माघ २०७६ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App