११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एमाले नाफामा, माओवादी ऋणमा

नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रूपमा एमाले धनी रहेको पाइएको छ। एमालेको दैनिक आम्दानी करिब चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन। माओवादी उल्टै १३ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ।

नाफामा नाटक!

न करोड लगानी न त धेरै जनशक्ति। सीमित बजेट, सीमित कलाकार अनि पुग्दा दर्शक। जहाँ फिल्म लगानी उठाउन संघर्ष गरिरहेका छन् त्यही राजधानीमा मञ्चन भइरहेका नाटकले भने घाटा बेहोर्नु परिरहेको छैन। फिल्मका लागि कलाकार जन्माउने नाटकघरमा पछिल्ला वर्षमा नाटकसँगै दर्शकको संख्या बढ्दै गएपछि नाटकहरू व्यावसायिक रुपमा पनि सफल बनिरहेका छन्। रिहर्सल, मञ्च सजावटदेखि मञ्चनसम्म लाग्ने खर्च नाटकघरले नाटक देखाएरै मात्र उठाउन थालेका छन्।

खर्बौ लगानी, अर्बौं नाफा, आयकर शून्य

यातायात क्षेत्रमा खर्बौ रुपैयाँ लगानी गरेका बस व्यवसायीहरुले आम्दानीबापतको आयकर तिर्नबाट वर्षौदेखि उन्मुक्ति पाउँदै आएका छन्।

क्याप र स्प्रेड दरको असर लघुवित्तको नाफा ह्वात्तै घट्यो

नेपाल राष्ट्र बैंकले लघुवित्तको ब्याजदरमा अंकुश लगाउँदै कसिलो नीति ल्याएपछि लघुवित्त कम्पनीहरुको नाफा स्वात्तै घटेको छ ।नियामक निकाय राष्ट्र बैंकले १८ प्रतिशतभन्दा बढी ब्याजदरमा लघुवित्तले लगानी गर्न नपाउने व्यवस्था गरेपछि उनीहरुको नाफा घटेको हो।

एनएमबी माइक्रोको साढे २४ लाख नाफा

रसुवाको सदरमुकाम धुन्चेमा रहेको एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाले नौ महिनामा २४ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ ।२०७० सालमा सञ्चालनमा आएको शाखाले गत साउनदेखि फागुन मसान्तसम्ममा २४ लाख ७० हजार आठ सय ९८ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो।

बुर्किनाफासोमा आतंककारी आक्रमण, १६ को मृत्यु

बुर्किना फासोको राजधानी औगादोगुमा आतंककारी आक्रमण हुँदा १६ जनाको मृत्यु भएको छ।राजधानी औगादोगुमा रहेको फ्रान्सेली दूतावास लक्षित आक्रमण भएको थियो।

नाफा घटेको छैन : टेलिकम

नेपाल टेलिकमले चालु आर्थिक वर्षमा नाफा नघटेको बताएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा प्राविधिक विषय मिलाउँदा मात्र नाफा घटेको जस्तो देखिए पनि समग्रमा कम्पनी नाफामा रहेको टेलिकमले स्पष्ट पारेको हो।

१५ मध्ये तीनको नाफा अर्ब नाघ्यो

बैंकहरुले चालु आर्थिक वर्षको पुस महिनासम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । आइतबारसम्ममा २८ वाणिज्य बैंकमध्ये १५ वटाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

कालिकालाई साढे ३७ लाख नाफा

रसुवाको उत्तरगया गाउँपालिकामा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाले ३७ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ ।

विपन्न वर्गको ब्याज बढ्यो, लघुवित्तको नाफा घट्यो

बैंकहरुले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको ब्याजदर बढाएका कारण लघुवित्त कम्पनीको नाफा ८–१० प्रतिशतले घटेको छ ।

बैंकहरूले बढाए  नाफा

चालु अर्थिक वर्षको पहिलो तीन महिनामा अधिकांश बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन् । ब्याज आम्दानी र विदेशी मुद्राको कारोबारबाट भएको आम्दानीले नाफा बढाएको हो।

पुँजीसँगै बढ्यो बैंकको नाफा

चुक्ता पुँजीसँगै पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबार लगायत कारणले बैंकहरुको नाफा ह्वात्तै बढेको छ। शनिबारसम्म गत आर्थिक वर्ष ०७३/७४ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका १७ वाणिज्य बैंकमध्ये १६ वटाको नाफा एक अर्ब रुपैयाँभन्दा माथि छ।

नाफामूलक अस्पतालले अनुदान पाएनन्

ठूला नेताका नाममा खुलेका राजधानीका ठूला निजी र सामुदायिक अस्पतालले पहिलो पटक सरकारले दिने अनुदान पाएनन्। निजी तथा सामुदायिकका नाममा नाफामूलक अस्पताललाई मनपरी अनुदान बाँड्ने प्रवृत्तिमा रोक लागेसँगै ती अस्पतालले अनुदान नपाएका हुन्।

उपभोक्ता निचोरेर मासिक ६८ करोड नाफा

उपभोक्तालाई चर्को मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको नेपाल आयल निगमले मासिक ६८ करोड रुपैयाँ नाफा कमाउँदा पनि मूल्य घटाएको छैन। स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने बताउँदै आएको निगमले आफ्नै प्रतिबद्धता कुल्चेर लामो समयदेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्