७ पुस २०८१ आइतबार
image/svg+xml

हत्या आरोपित रिहा भएपछि पीडित निरास

बलकको अपहरणपछि हत्या गरेको आरोपमा हिरासतमा रहेका अभियुक्तहरु धरौटी र साधारण तारेखमा रिहा हुन थालेपछि पीडित परिवार निरास बनेका छन् । रौतहटको कटहरिया नगरपालिका वडा नम्वर ९ डुमरिया पोखरीय ाटोलका दिलिप साहको १० वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ परेकाहरु धरौटीमा छुट्न थालेका हुन्।

अपहृत बालकलाई चार दिनपछि सकुशल उद्धार

चार दिनअघि सिरहाको बन्दीपुरबाट अपहृत एक बालकलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ। बालक अपहरणमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

‘अपहरणकारीलाई जोगाउन पीडित उपर नै मुद्दा’

पर्सा प्रहरीले अपहरणकारीलाई जोगाउनका निम्ति अपहरणमा परेका युवालाई नै पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको पीडितका परिवारजनले आरोप लगाएका छन्। अपहरणकारीको कब्जाबाट फुत्किएर आफैं प्रहरीकहाँ पुगेका उपनेश चौरसियालाई प्रहीले फसाउन खोजेको उनका पिता जंगबहादुर चौरसिया, आमा सौखरानी देवी र परिवारका अन्य सदस्यले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलन गर्दै आरोप लगाए।

पर्साका दुई युवक बेपत्ता, अपहरणको आशंका

नेपाल तरुण दलको जिल्ला सदस्यसमेत रहेका उपनिवेशलाई मंगलबार दिउँसो दुई बजेतिर वीरगन्जको घण्टाघर चोकबाट उनकै गाउँका दुईजनाले जबर्जस्ती मोटरसाइकलमा चढाएर भारततर्फ लगेको परिवारजनले बताएका छन्।

अपहरणको नाटक गरेर साधुको भेषमा घुम्ने व्यक्ति पक्राउ

आर्थिक कारोबार बिग्रेपछि अपहरणकाे नाटक गरेर साधुकाे भेषमा घुम्ने रौतहटको कटहरियाका व्यावसायी श्रीभगवान साहलाई प्रहरीले पक्राउ गरेकाे छ।

‘मोस्ट वान्टेड’ खान बानेश्वरबाट पक्राउ

कपिलवस्तुमा अपराध गर्दै फरार रहेका ‘मोस्ट वान्टेड’ नसिम खान पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) द्वारा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खानलाई काठमाडौंको बानेश्वरबाट विहान १० बजे पक्राउ गरेको हो।

पचास लाखको लोभमा अपहरणपछि बाबुद्वारा छोरीको हत्या

पचास लाख रुपैयाको लोभमा रौतहटमा एक पिताले आफ्नै छोरीको अपहरण गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । छिटै धनी हुने लोभमा रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधराम गाउँका ३९ वर्षीय राम किशोर राय यादवले आफ्नै अबोध छोरीको आफ्नै घरबाट अपहरण गरेर निर्दयता पूर्वक कुटीकुटी मारेर पोखरीमा फालेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

अपहरणकारीको पन्जाबाट उम्किइन् बालिका

झापाको विर्तामोडकी एक ८ वर्षीया बालिका अपहरणकारीको पन्जाबाट भाग्न सफल भएकी छन्। विर्तामोड–८ बस्ने ती बालिकालाई चकलेट किनिदिने बहानामा एक जना व्यक्तिले विर्तामोडको पश्चिम स्टेन्ड पु-याएका थिए।

'वर्ष बित्यो, न्याय पाइएन'

प्रहरीले १७ जनामाथि अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा दर्ता गरी वडाध्यक्ष यादवसहित १२ जनालाई पक्राउ गरेको थियो भने घटनामा संलग्न तत्कालीन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान होशनारायण यादवसहित पाँचजना अझै फरार छन्।

बालहिंसा बढ्दो, छिमेकमै हत्यारा

घरनजिकै खेलिरहेको बेला करनलाई छिमेकमै डेरागरी बस्ने भारतीय नागरिक विकाश शर्माले फकाइफूलयाई वीरगन्जको घण्टाघरसम्म ल्याएपछि टेम्पुमा चढाएर अपहरण गरी लगेका थिए।

फिरौती नदिएपछि बालकको हत्या, गोली हानेर लिइयो अपराहणकारीलाई नियन्त्रणमा

फिरौती नपाएपछि पर्साका एक बालकको अपहरणकारीहरुले हत्या गरेका छन्। गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज उपमहानगरपालिका–३ प्रगति नगरका शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणकारीहरुले हत्या गरेका हुन्। अपहरणमा परेका पर्साका बालकको शव कलैया उपमहानगरपालिका–८ को पाेखरीमा फेला परेको बाराका डिएसपी रन्जित सिंह राठोरले बताए।

बेपत्ता व्यापारी पारिवारिक सम्पर्कमा

अपहरण गरी बेपत्ता पारिएको भनिएका रौतहटका व्यापारी भगवान् साह पारिवारिक सम्पर्कमा आएका छन्। वैशाख १७ देखि हराइरहेका साह भारतको नयाँ दिल्लीमा रहेको पारिवारिक स्रोतले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्