१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

फिरौती नदिएपछि बालकको हत्या, गोली हानेर लिइयो अपराहणकारीलाई नियन्त्रणमा

बारा - फिरौती नपाएपछि पर्साका एक बालकको अपहरणकारीहरुले हत्या गरेका छन्। गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज उपमहानगरपालिका–३ प्रगति नगरका शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणकारीहरुले हत्या गरेका हुन्। अपहरणमा परेका पर्साका बालकको शव कलैया उपमहानगरपालिका–८ को पाेखरीमा फेला परेको बाराका डिएसपी रन्जित सिंह राठोरले बताए।

डिएसी राठोरका अनुसार अपहरण र हत्यामा संलग्न तीन जनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ।पक्राउ पर्नेमा विकास शर्मा, सिकिन्द्र साह  तेली र राम दिनेश महतो रहेका छन्। प्रहरीका अनुसार अपहरणकारीको कम्मरमुनि गोली लागेको छ । डिएसी राठोरका अनुसार नियन्त्रणमा लिइएकामध्ये शर्मा भारतीय नागरिक हुन् ।  प्रहरीका अनुसार, अपहरणपछि उनीहरुले सुरुमा ३० लाख फिरौती मागेका थिए । तर, परिवारका सदस्यले यतिका पैसा नभएको भन्दै ५ लाखमा सहमति गरेका थिए ।तर बालकको हत्या गरिसकेका कारण पैसा दिएपछि मात्रै बालक फिर्ता दिने अडान उनीहरुले लिएका थिए ।

अपहरणकारीले बालक फिर्ता गर्न आनाकानी गरेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । अपहरणकारीले बोलाएको स्थानमा पुगेको प्रहरी टोलीलाई शव देखाएर उनीहरु भाग्न खोजेपछि प्रहरीले उनीहरुलाई गोली हानेर नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक (एसपी) सानु राम भट्टराइले जानकारी दिए। एसपी भट्टराइका अनुसार गोली लागेर घाइते भएका शर्मा र तेलीलाई उपचारकोलागि जिल्ला अस्पताल लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि नारायणी उप क्षेत्रिय अस्पताल लगिएको छ। उनीहरु खतरामुक्त रहेको छ।

प्रकाशित: १५ जेष्ठ २०७६ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App