१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

नेपालगन्जमा आजदेखि ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ सुरु भएको छ।

सडकमा अस्ताएका ताराहरू

वामपन्थी सांस्कृतिक चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयको नेपालगन्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा परेर निधन भयो।

चिसो बढेपछि नेपालगन्जमा विद्यालय बन्द

नेपालगन्ज उपमहानगरपालिकाले भोलि बिहीबारदेखि शनिबारसम्मका लागि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।

भोग्नेलाई पीडा, राज्यलाई रमिता

दुर्घटना क्षेत्र काठमाडौंको थानकोट भएर मकवानपुरको थाहा नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र चित्लाङ जोड्ने गणेशमानसिंह मार्गमा पर्छ। २०७३ सालमा निर्माण सुरु गरिएको यो सडक अझै कालोपत्रे हुन नसकेकोे स्थानीयले बताएका छन्।

जिउँदो व्यक्तिलाई न्यायिक मृत्युको घोषणा

नेपालगन्जस्थित सेतुविक चोकनजिकै राँझाकी नरमाया घर्ती पुस १८ गते पसलमा व्यस्त थिइन्। त्यतिबेला उनले यस्तो खबर सुन्नुपर्‍यो, जतिबेला उनलाई मृत घोषणा गरिएको थियो।

दाङ बस दुर्घटनामा उद्धार गर्दै सशस्त्र प्रहरी बल

गए राती नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाको सशस्त्र प्रहरी बल नं २९ ज्वालामाइ गण भालुबाङको सुरक्षाले उद्धार गरेको छ। बसभित्र रहेका यात्रुलाई उद्धार गरी सशस्त्र प्रहरी बलले स्थानीय अस्पताल तर्फ पठाइरहेको छ।

डोजर चलाएको विरोधमा इलेक्ट्रिक रिक्सा व्यवसायी आन्दोलित

इलेक्ट्रिक रिक्सा व्यवसायीले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्।

‘अवैध’ इलेक्ट्रिक रिक्सामाथि उपमहानगरको डोजर

रिक्सा व्यवस्थापन गर्ने भन्दै उपमहानगरपालिकाले केही समयदेखि आवश्यक कागजात र वैधता पुष्टि गर्ने प्रक्रिया सुरु गरेको थियो।

भेरी अस्पतालमा बिचौलिया: निःशुल्क उपचारका नाममा पैसा असुल्ने पक्राउ

गहतराजले अप्ठ्यारोमा परेका र आर्थिक रूपले कमजोर भएका बिरामीलाई आफूले अस्पतालमा बसेर निःशुल्क रूपमा उपचार कार्यमा सहयोग गर्दै आएको कुरा अर्जुनलाई बताए। त्यसपछि अर्जुनले गहतराजको सहयोग लिने मनसाय बनाए।

लुम्बिनी प्रदेश स्तरीय महिला उद्यम प्रदर्शनी सुरु

महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरुको प्रवर्द्धन तथा बजारीकरणको लागि लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ।

जहाजकाे प्रतीक्षा गर्दागर्दै सुत्केरीले गुमाइन ज्यान

हुम्लामा नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको मृत्यु भएको छ।जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीय अंशु बुढाको मृत्यु भएको हो।

सहकारीकाे सटर बन्दः बचतकर्ताको करोडौँ डुब्यो

सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।

गीतेन्द्रबाबु राई समूहको सहकारीबाट ठगिएका ३२ जनाले दिए जाहेरी

गीतेन्द्रबाबु राईको समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले बाँके प्रहरीसमक्ष जाहेरी दिएका छन्।

राजश्व छलेको आशङ्कामा मालबहाक ट्रक नियन्त्रण

नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रवार बेलुकी नियन्त्रणमा लिएको हो।

दुई लाख जित्दा पनि खुसी भएनन् पार्की

नेपालगन्ज म्याराथनको नवौँ संस्करणको उपाधि जित्दा गोपीचन्द्र पार्की खुस त देखिन्थे। म्याराथन उपाधि जितेपनि ‘कोर्स रेकर्ड ब्रेक’ गर्न नसक्दा भने उनी त्यत्तिकै निराश पनि भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्