२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सुमनको स्मृतिमा क्लाइम्बिङ हुने

नेपाल क्लाइम्बिङ स्पोटर््स एसोसिएसन (एनसिएसए) र पासाङ ल्हामु प्रतिष्ठानको संयुक्त आयोजनामा वैशाख १९ गते सुमन भोम्जन स्मृति स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता हुने भएको छ।

मानव–स्मृति

भर्खर भर्खर जस्तै लाग्छ । सँगै बसेको, सँगै खाएको र सँगै रमाएको त्यो पल । कर्णालीवासीको विकासको सपना बाँडेको त्यो दिन । विकासवादी नेतृत्व, कर्णालीका कहिल्यै नअस्ताउने नक्षत्र गुमाउँदाको क्षण । तर चार वर्ष बितेछ । नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीको मसिने लेकमा दुर्घटना भई निधन हुनुभएका मेरो पति मानव सेजुवाल गुमाएको दिन।

सहिद स्मृतिमा नमुना बस्ती बनाउने निर्णय

प्रदेश १ मन्त्रिपरिषद्को बिहीबार बसेको पहिलो बैठकले सहिदहरूको सम्मान र स्मृतिमा प्रदेशका विभिन्न ठाउँमा नमुना बस्ती निर्माण गर्ने निर्णय लिएको छ।

नेहरु स्मृतिपत्रको यथार्थ

चुनाव आइरहेका कारण विरोधी दलका सदस्यलाई कमजोर देखाउन रेग्मीले उक्त एड मेमोवायर लेखेको भनी ‘झ्याली’मार्फत प्रचार गराइएको थियो । अहिलेका निर्वाचनमा के गरिन्छ ? त्यसबाट पनि बुझ्न सकिन्छ, तथ्य एकातिर थियो तर त्यसको प्रस्तुति अर्कै भइदियो।

‘सहिदको रगत’ लाई दशरथ चन्द स्मृति पुरस्कार

पूर्व प्रशासक सुर्यबहादुर(सुब) सेनले लेखेको इतिहासमा आधारित नाटक ‘सहिदको रगत’ले ‘दशरथ चन्द स्मृति पुरस्कार’ प्राप्त गरेको छ । सहिद सप्ताहको अवसर पारेर बिहिबार यो पुरस्कार कृतिकार सेनलाई हस्तान्तरण गरिएको छ । यहाँ आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयको सेवा आयोगका प्रमुख प्राडा बेणीमाधव ढकालले सेनलाई पुरस्कार प्रदान गरे ।

अरनिको स्मृति पुरस्कार प्रदान

नेपाल कमर्सियसल आर्टिष्ट संघको स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनिकोका स्मृति दिवसका अवसरमा विभिन्न कलाकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

भक्तपुरमा नारायण गोपाल स्मृति साँझ

भक्तपुर सांगीतिक समाजको आयोजनामा भक्तपुरमै पहिलोपटक नारायणगोपाल साँझ हुने भएको छ । समाजले सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गरी आगामी पुस २२ गते शनिबार भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा साँंझ गर्ने जानकारी गराएको छ ।

स्मृतिमा मगर्नी

मेरो स्मृतिमा आज पनि मस्त, निर्बाध ओहोरदोहोर गरिरहन्छिन्, एउटी मगर्नी अर्थात् बिजमाया मगर । गोलगोल पुक्कपुक्क परेका गाला, हल्का चिम्सा दुई आँखाबीचको चेप्टो नाक, सानो गोलो ओठ र अगाडिको पूरै कपाल उचालेर भुक्क पारेको कालो कपालसहितकोे फराकिलो निधार, छोटाछोटा पोटिला हातसहितको होचीहोची तर सग्लो आकृतिकी बिजमाया विशेषतः हिउँदका दिनहरूमा बढी चलायमान रहन्छिन्, मेरो मस्तिष्कमा । चिसा शारदीय दिनहरूमा न्यानो प्रेम बोकेर मलाई पछ्यौराले बेरिदिने मगर्नी आजभोलि कसलाई प्रेमले घनीभूत पार्दै होलिन् ?

नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ ।

कल्पना जयन्ती, तथ्य स्मृति

आज धार्मिकहरूका लागि लक्ष्मीपूजा मात्र होइन, साहित्यिकहरूका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती पनि हो । वर्षाैंदेखि हामी देवकोटालाई आजका दिन विशेष सम्झिरहेका छौँ तर आजको यही दिन नेपाली तथ्य इतिहासका पर्याय नयराज पन्तको पनि स्मृति दिवस हो । आज देवकोटाको १०९ औँ जन्मजयन्ती हो भने पन्तको १६ औँ स्मृति दिवस ।

दशैंको स्मृतिबिम्ब

मानिसको जीवन अनुभवको घामछाँया हो । यो जीवनभित्र सुख र दुःख दुबैको सहअस्तित्व छ । मानिसको भविष्ययात्रा अनिश्चित भएपनि विगतको स्मृति र वर्तमानको अनुभूति भने यथावत् नै छ । अझ उमेर बढ्दै जाँदा पुराना दिनहरु सम्झनाका अनेक पत्रहरु बनेर अगाडि आइपुग्छन् कहिले आँखाभरिभरि भएर, कहिले मनभरिभरि भएर । यी सम्झनाका बिम्बहरु पनि समय, घटना र सन्दर्भ सापेक्ष हुँदा रहेछन् । अहिले दशैं सम्झनाका यी हरफहरु लेखिरहँदा मलाई यस्तै अनुभव भइरहेको छ । जब हरेक वर्ष नेपालीहरुको घरआँगनमा घुमिफिरी दशैं आउन थाल्छ, तब मलाई दशैका पुराना सम्झनाहरुले सताउँन थाल्छन् । खासगरी बाल्यकालका दशै अनुभवहरुले मलाई घेर्न थाल्छन् । यसपल्ट म तिनै दशै अनुभवमाथि केही हरफहरु लेख्न थालेको छु ।

सेन स्मृति दिवसको अवसरमा पत्रकार पुरस्कृत

पत्रकार एवम् साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औँ स्मृति दिवसको अवसरमा विभिन्न सङ्घ/संगठनले प्रभावतफेरीको आयोजना गरेका छन।

सर्वाधिक राशीको अनुप स्मृति रनिङ कप फुटबल सुरु

खोटाङमा सर्वाधिक राशीको अनुप स्मृति रनिङ कप खुला पुरुष फुटबल प्रतियोगीता सुरु भएको छ । २०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको सम्झनामा बुधबारदेखि सर्वाधिक राशीको फुटबल प्रतियोगीता सुरु गरिएको हो । माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा सुरु प्रतियोगीता दिक्तेलस्थित माटिकोरे खेलमैदानमा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले उदघाटन गरे ।

नारायणगोपाल स्मृति सम्मान ज्ञानु र मिरालाई

स्वर सम्राट नारायणगोपालका नाउँमा स्थापित नारायण गोपाल स्मृती सम्मान तथा पुरस्कार गायिकाद्वय ज्ञानु राणा र मिरा राणालाई प्रदान गरिएको छ। उनको २६औं स्मृती दिवसका अवसर पारेर नारायणगोपाल संगित कोषले आईतबार गीतसंगितबाट नेपाली सांगितीक क्षेत्रमा योगदान पुर्याएका गायिकाद्वय ज्ञानु राणा र मिरा राणालाई सम्मान गरेको हो।

राजेश हमालदेखि प्रियंका कार्कीसम्मकाे दक्षिणा स्मृति

दसैमा मान्यजनकाे हातबाट टीका थापी अाशिर्वाद लिने परम्परा छ। मान्यजनकाे हातबाट टीका तथा अाशिर्वादसँगै पाइने दक्षिणाकाे पनि महत्व कम छैन। सबै उमेर समूहका व्यक्तिलाइ दक्षिणा दिन परम्परा रहेकाे छ। यहाँ हामीले नेपाली चलचित्र उद्याेगका शीर्षस्थानमा रहेका कलाकारहरूकाे दक्षिणा स्मृति समेटेका छाैं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्