२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हुरी पीडितको लागि सेनाले बनायो नमूना घर

सेनाले हुरी पीडितको लागि  नमून घर निर्माण गर्न सफल भएको छ। पुनर्निर्माण गरिने घरहरुको बारेमा हुरी पीडित परिवार र निर्माण कार्यमा खटेका सेनाका टोलीलाई जानकारी दिनको लागि पहिला तीन स्थानमा तीन वटा नमूना घर निर्माण गरिएको सेनाले जनाएको छ।

ड्युटीमा खटिएकी असईमाथि पेट्रोल छर्केर आगो लगाउनेलाई कारवाहीको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ड्युटीमा खटिएकी प्रहरी सहायक निरीक्षक (असई) कल्पना खड्कालाई आगो लगाएर हत्या गर्न खोज्नेलाई कारवाही गर्न माग गरेको हो।

सेनाभित्र भ्रष्टप्रति कठोर नीति

नेपाली सेनाले आर्थिक अनियमितता गरेको भन्दै हालैमात्र कालिसिद्धि गणका इन्जिनियर प्रमुख सेनानी केशवराज कार्कीलाई भ्रष्टाचारको आरोपमा जेल चलान गरेको छ। कार्कीले ४९ लाख २९ हजार ८८८ रुपैयाँ सरकारी रकम हिनामिना गरि सैनिक अनुशासन र आचरण उल्लंघन गरेको भन्दै छानबिनका लागि गत बैशाख २३ मा समरी जनरल सैनिक अदालतले पूर्पक्षका लागि थुनामा राखेर कारबाही चलाएको थियो।

गुटगत कार्यक्रममा सहभागी हुँदै केन्द्रीय प्रतिनिधि

‘म आज कार्यक्रममा नआएको भए पूर्व पार्टी सभापति छत्रध्वज बस्नेतसँग भेट हुने थिएन,’ नेपाली कांग्रेस सोलुखुम्बुको एउटा पक्षले शुक्रबार आयोजना गरेको जागरण अभियानमा केन्द्रीय प्रतिनिधि तथा कांग्रेस नेतृ कुमारी लक्ष्मी रार्ईले भनिन्।

कांग्रेसले तीन दिन गणतन्त्र दिवस मनाउने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ। पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जेठ १४ देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस बनाउने निर्णय गरेको हो।

घटेन गुटको दूरी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर मानिने केन्द्रीय समिति सदस्य श्यामकुमार घिमिरे वैशाख २५ देखि कैलालीका विभिन्न ठाउँमा जनजागरण अभियानमा सक्रिय छन्। उनलाई अभियानमा कैलाली जिल्ला प्रतिनिधिका रूपमा खटाइएको हो। सभापति देउवाले आफ्ना मान्छे मात्र खटाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफंै सूदुरपश्चिमको भ्रमण सुरु गरेका छन्। लमजुङ र सप्तरी जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधि कमला पन्त र रामकृष्ण यादवलाई साथमा लिएर पौडेल मंगलबार सूदुरपश्चिम आएका छन्। पौडेलले सूदुरपश्चिमका विभिन्न जिल्ला भ्रमण गर्ने कार्यतालिका छ।

विप्लव समूह र सरकारलाई कांग्रेसले भन्यो– वार्ताबाट समाधान खोज

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वार्ता र सम्वादमा आउन नेत्रविक्रम चन्द (विप्लव) समूह र नेकपा नेतृत्वको कम्युनिस्ट सरकारलाई आग्रह गरेको छ। आइतबार राजधानीमा भएको बम आतंकपछि प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर हिंसाको राजनीति परित्याग गर्न र सम्वादबाट समाधान खोज्न दुबै पक्षलाई अपिल गरेका छन्।

ओली सरकार जनताप्रति अनुदार बन्यो : खाँड

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण  खाँणले दुई तिहाई बहुमत प्राप्त केपी शर्मा ओली सरकार अनुदार हुँदै गएको आरोप लगाएका छन्।

‘प्रधानमन्त्रीमा दम्भ बढ्यो, म जे बोल्छु त्यो सबैले मान्नुपर्छ भन्नु अशोभनीय’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ मा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीका अभिव्यक्ति संविधानको मर्म र भावनाविरुद्ध आउन थालेकाले मुलुकमा संवैधानिक संकट निम्तिन सक्ने चेतावनी दिए।

ओली सरकार जनताप्रति अनुदार बन्यो : खाँड

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण  खाँणले दुई तिहाई बहुमत प्राप्त केपी शर्मा ओली सरकार अनुदार हुँदै गएको आरोप लगाएका छन्।

महासमिति सदस्य कार्की समाजवादी प्रवेश

नेपाली कांग्रेसका महासमिति सदस्य केशव कार्की समाजवादी पार्टी प्रवेश गरेका छन्। नवगठित समाजवादी पार्टीको शनिबार विराटनगरमा आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रमको अवसर पारेर कार्की कांग्रेसमा प्रवेश गरेका हुन्।

अभियानमा गुटको लफडा

प्रमुख प्रतिपक्षी नेपाली सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरण भन्दै ७७ वटै जिल्लामा जागरण अभियान सञ्चालन गरेको दुई साता पुगेको छ। अभियानका क्रममा पार्टीलाई गुटले समस्या बनाएको भन्दै अब पार्टीमा गुट अन्त्य हुनुपर्ने कुरा उठे पनि कतिपय जिल्लामा समस्या टड्कारो देखिएको छ। अभियानकै सुरुको दिन अर्थात् वैशाख २५ मा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा दुई गुटबीच भाषणका क्रममा आरोप–प्रत्यारोप भयो। त्यसपछि विवाद उत्पन्न हुँदा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच हात हालाहालसम्मको अवस्था आयो। घटनामा केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भए।

गुट उपगुट अन्त्यको अपेक्षा

गुट र उपगुटले पार्टी कमजोर बनेको भन्दै जागरण अभियानका क्रममा कांग्रेसका कार्यकर्ता र शुभेच्छुकले चिन्ता जनाएका छन्। गुट र उपगुटकै कारण पार्टी कमजोर बन्दै गएकाले आगामी दिनमा पार्टीमा तलदेखि नेतृत्व तहसम्ममा एकता जरुरी रहेको उनीहरूले बताए। अब बलियो र एकढिक्का कांग्रेस बन्नुपर्ने उनीहरूको भनाइ छ।

भारतीय नेताको प्रश्नः चीनले हस्तक्षेप गर्दा नेपालीहरु किन बोल्दैनन्?

नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी) का भारत तर्फका पूर्व संयोजक एवम् भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारीले नेपालमा भारतको रेल छिट्टै पुग्ने विश्वास व्यक्त गरेका छन्।

‘अब न जनताले ओलीको बोली पत्याउछन्, न यिनको फिल्म चल्छ’

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले ओली सरकारलाई फ्युज उडेको बत्तिसँग तुलना गरेका छन्। नेपाली काँग्रेस बुटवल उपमहानगर समितिको जागरण अभियानलाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेता भण्डारीले फ्युज उडिसकेको ओली सरकारले देश र जनताको हितमा केही गर्न नसक्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्