करातेमा जारी विवाद समाधान हुने दाबी
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले करातेमा थाती रहेको विवाद चाँडै समाप्त हुने दाबी गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले करातेमा थाती रहेको विवाद चाँडै समाप्त हुने दाबी गरेका छन्।
कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको सभापतिमा आफ्नो दाबी रहेको बताएका छन् । बुधबार प्रेस युनियन मोरङमा आयोजित कार्यक्रममा उनले सभापतिको दाबी गरेका हुन् । ‘ पार्टीको नेतृत्व सम्हाल्न म तयार छु । नेतृत्व सम्हाल्ने लायक भएकाले पार्टीको जिम्मेवारी लिएर अगाडि बढ्न तयार छु,’उनले भने,‘पार्टी सभापतिको तयारी स्वरुप जिल्ला अधिवेशन तथा पार्टीका कार्यकर्ताको मनोभाव बुझ्न देश दौडाहामा निस्कँदै छु । मुलुक संघीयतामा गईसक्दा कांग्रेसको संगठन संघीयतामा जान सकेको छैन्।’
तत्कालीन संविधानसभा अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्बाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न सकिने संवैधानिक व्यवस्था भएको बताएका छन् ।
रियाल मड्रिडका रक्षक ड्यानी कार्भाहलले बुधबार सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालई ३–० को नतिजा सुम्पदै अंक तालिकामा १४ अंकले पछि परे पनि अझै स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना भएको दाबी गरेका छन् । ला लिगामा १७ खेल सकिँदा ४५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ भने ३१ अंकका साथ रियाल चौथो स्थानमा छ ।
प्रदेश नम्बर ६ मा मुख्यमन्त्रीका लागि वाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेका छन् । यो प्रदेशको प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकमा १६ गरी ४० सदस्य हुन्छन् । प्रत्यक्षतर्फ एमालेले १४ र माओवादी केन्द्रले ९ स्थानमा विजय हासिल गरेका छन् । कांग्रेस एक स्थानमा खुम्चिएको छ ।
अमेरिकी चाहना नै युद्ध भएको रुसका विदेशमन्त्री सर्गेइ लाभारोभको दाबी छ । उत्तर कोरियालाई अमेरिकाले उत्तेजित बनाएको विदेशमन्त्री लाभारोभको आरोप छ । विश्वका सम्पूर्ण मुलुकहरूले उत्तर कोरियासँगको सम्बन्ध तोड्नका लागि गरेको आग्रहलाई रुसले अस्वीकार गर्दै आइरहेको छ।
नेपाली कांग्रेसले दोस्रो चरणमा हुने १ सय २८ निर्वाचन क्षेत्रमा ७० स्थानमा पार्टीका उम्मेदवार जित्ने दाबी गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी निर्वाचनबाट पनि कांग्रेस अग्रस्थानमा आउने दाबी गरेको हो ।
नेकपा एमालेले आइतबार हुने दोस्रो चरणको चुनावमा सत्तरी प्रतिशत सिट जित्ने दाबी गरेको छ । पहिलो चरणमा असी प्रतिशत सिट जित्ने बताएको एमालेले दोस्रो चरणमा वाम गठबन्धनको पक्षमा लहर आएको दाबी गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिरासत जोगाउन र नयाँ बिरासत कायम गर्न प्रमुख राजनीतिक दल काठमाडौंमा सक्रिय भएका छन् । निर्वाचन प्रचारको एक दिनमात्र बाँकी रहँदा सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नयाँ इतिहास रच्ने दाबी लोकतान्त्रिक र बाम गठबन्धनले गरेका छन् ।
नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र जारी गरको छ। बिहीबार महोत्तरीको जलेश्वरमा सार्वजनिक गरिएको घोषणापत्रमा मधेस छुट्टै देश भएको विवादास्पद व्याख्या समावेश छ।
‘देशको मध्य भागमा रहेका कारण यसलाई राजधानी बनाइनेछ ।’ यो चितवनमा हुने हरेक सभा र कार्यक्रममा नेता र विकासे कार्यकर्ताले प्रायः नछुटाउने वाक्य हुने गथ्र्यो । केही समययता भने चितवनमा ‘राजधानी’ को चर्चा पनि हुन छाडेको छ । संघीय अर्थात् केन्द्र सरकारको राजधानी नभए पनि प्रदेशको राजधानी बनाउने मुद्दा दोस्रो संविधानसभा सदस्य निर्वाचनमा उठेको थियो । अहिले यो सन्दर्भ कसैले सम्झँदैनन् ।
नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ बहुमत आउने दाबी गरेको छ । एमाले, माओवादी केन्द्रसहितका वाम दल चुनावी तालमेल गरेर जाँदा मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेस पोजिसन कमजोर हुने आँकलन भइरहेका बेला उसले प्रत्यक्षतर्फ ८० भन्दा बढी सिट जित्ने दाबी गरेको हो ।
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पूर्ण बहुमत ल्याउने दाबी गरेको छ। आसन्न निर्वाचनका लागि काँग्रेसको मिडिया सेन्टर उद्घाटन कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै तहका प्रत्यक्ष निर्वाचनमा मुलुकभर सबैभन्दा बढी काँग्रेसले मात्र उम्मेदवारी दिएकाले बहुमत ल्याउने बताए।
महोत्तरी जिल्लाको क्षेत्र नं १ को ‘क’ प्रदेश सभा क्षेत्रमा रोचक भिडन्त हुने भएको छ। वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी नेकपा(एमाले) नेत्री शारदा थापा र नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका प्रल्हाद क्षेत्रीबीचको चुनावी प्रतिस्पर्धालाई आम मतदाताले रोचक हुने प्रतिक्रिया दिएका हुन्।