१२ मंसिर २०८१ बुधबार
image/svg+xml

एसेज जित्ने रुटको दाबी

इङल्यान्डका कप्तान जो रुटले टोलीमा स्टार अलराउन्डर बेन स्टोक्स नभए पनि आफूहरु अस्ट्रेलियाविरुद्धको आसन्न एसेज शृंखला जित्न सक्षम भएको बताएका छन्। इङल्यान्ड क्रिकेट बोर्ड (इसिबी)ले गत सेप्टेम्बरमा ब्रिस्टोलको एक रात्री क्लब बाहिर भएको घटनामा मुछिएको भन्दै उपकप्तान  स्टोक्सलाई निलम्बन गरेको थियो । इसिबी र वेल्स क्रिकेट बोर्डले स्टोक्सलाई एसेज शृंखलाका लाघि घोषणा गरेको टोलीमा समावेश गरे पनि टिमका अन्य सहयात्रीसँग अस्ट्रेलिया जान भने रोक लगाएको छ।

चीन नयाँ युगमा प्रवेश गरेको राष्ट्रपति सीको दाबी

चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय महाधिवेशन (कंग्रेस) बुधबार बिहानदेखि राजधानी बेइजिङमा सुरु भएको छ ।

प्रदेश र संघमा बहुमत ल्याउने ओली दाबी

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले स्पष्ट बहुमत ल्याउने आधार देखिएको बताएका छन् ।

रोहिज्या कै कारण हिंसा बढेको सेनाको दाबी

पछिल्लो समयमा म्यानमारमा बढ्दै गएको हिंसाको जिम्मेवार रोहिज्या मुसलमानहरू नै रहेको त्यहाँको एक सैनिक उच्च अधिकारीले बताएका छन्। म्यानमार सेनाका जनरल मिन आङ हलाङ्गले उनीहरू कै कारण पछिल्लो समय म्यामारको रखाइन प्रान्तमा हिंसा बढ्दै गएको आरोप लगाए । उनले उनीहरू एक अतिवादी रहेको बताउँदै आफ्नो पकड स्थापनाका लागि उनीहरूले हिंसात्मक विद्रोह गरेको बताए।

दुई नम्बर प्रदेशमा सय सिट जित्ने कांग्रेस दाबी

नेपाली कांग्रेसले तेस्रो चरणको स्थानीय निर्वाचनमा कम्तीमा एक सय तहमा विजयी हुने दाबी गरेको छ । कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी २ नं. प्रदेशमा हुने चुनावमा कम्तीमा सय तहमा विजयी हुने दाबी गरेका हुन् ।

खड्काबाट डेढ अर्ब क्षतिपूर्ति भराउन नागरिकको प्रतिदाबी

आफूविरुद्ध झुठा मुद्दा दायर गरेउपर नागरिक दैनिकले नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काबाट एक अर्ब पचास करोड रुपैयाँ बराबरको क्षतिपूर्ति भराइमाग्ने प्रतिदाबीसहित मंगलबार काठमाडौं जिल्ला अदालतमा प्रत्युत्तरपत्र दर्ता गराएको छ।

महासंघको नेतृत्वमा तीनको दाबी

पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको भावी नेतृत्व लिनका लागी तीन जना अग्रज पत्रकारले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

एनएमएमा धाँधली नभएको दाबी

नेपाल पर्वतारोहण संघ (एनएमए) को शनिबार भएको निर्वाचनमा धाँधली भएको भन्ने आरोप मिथ्या भएको सन्तवीर लामा पक्षले बताएको छ । लामा समूहले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी अध्यक्षमा पराजित जिम्बाजाङ्बु शेर्पाले हारको सामना गर्न नसकेपछि प्रचारबाजीको रणनीति अपनाउँदै धाँधलीको आरोप लगाएको लामा समूहको दाबी छ।

प्रदेश २ मा दलहरुको आ-आफ्नै दाबी

प्रदेश नम्बर २ मा आगामी असोज २ मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र एमालेले पहिलो पार्टी हुने गरी चुनावी अभियान तीव्र बनाएका छन्। माओवादी केन्द्र सकेसम्म दोस्रो पार्टी बन्ने रणनीति लिएर चुनावमा जुटेको छ।

अर्जेन्टिना र उरुग्वेले विश्वकप आयोजनाको दाबी गर्ने

अर्जेन्टिना र उरुग्वेले २०३० मा विश्वकप आयोजनाका लागि संयुक्त दाबी गर्ने भएका छन्। विश्वकपको २०३० संस्करणका लागि चीन र अन्य मुलुकले दाबी गर्ने अपेक्षा गरिए पनि दक्षिण अमेरिकाका दुई देश पनि यसको दौडमा उपस्थित हुने भएका छन्।

अमिर खानको दंगल उत्कृष्ट भएको चीनको दाबी

चिनियाँ राष्ट्रपति सि जिङ पिङले बलिउड चलचित्र दंगललाई एक हेर्न लायक चलचित्र रहेको भनी प्रशंसा गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शुक्रबारको भेटवार्ताको क्रममा यस्तो बताएका हुन्।

फोरम 'पकड' क्षेत्रमा आ-आफ्नै दाबी

संघीय समाजवादी फोरमको 'पकड' क्षेत्र  मानिएको सुनसरी क्षेत्र नम्बर ५ मा कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्।

बीस लाखमा आर्मी र पुलिसको दाबी

घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधि छिनोफानो गर्दा दुई विभागीय टोली आमनेसामने हुनेछन्।

काँग्रेसको पक्षमा जनलहर रहेको दाबी

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत वैशाख ३१ गते हुन गइरहेको निर्वाचनमा आफ्नो पक्षमा जनलरहर रहेको दाबी गरेको छ। निर्वाचनले उत्सवको रुप लिएको भन्दै काँग्रेसले आफ्नो पक्षमा पक्षमा जनलहर देखिएको ठहर गरेको हो।

कांग्रेसको दाबी : काठमाडौं महानगरको २४ वडामा जित्छौं

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका २४ भन्दा बढी वडामा आफ्ना उम्मेदवारले जित्ने दाबी गरेको छ। निर्वाचन आउन केहीदिन मात्र बाँकी रहँदा आन्तरिक जोडघटाउमा जुटेको कांग्रेसले दुई तिहाइ वडासहित महानगरपालिकाको प्रमुख र उपप्रमुख जित्ने दाबी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्