८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

बँदेल मार्न आफैंले थापेको विद्युतीय धरापमा पर्दा दाजुभाइको मृत्यु, बुबा घाइते

मकैबारीमा जंगली बँदेल मार्न थापिएको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (दाङ) का प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउन बारीमा विद्युत् लगिएको थियो ।

सल्यान र रुकुम पश्चिममा चट्याङ, दैलेखमा बँदेलको आक्रमण

सल्यानमा चट्याङ लागेरे एक जना बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कुमाख गाउँपालिका–३, चिनालीकी ६ वर्षीया हिमानी रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बँदेल आक्रमणमा परी तीन जना घाइते

अर्घाखाँचीको सन्धिखर्कमा बँदेलको आक्रमणमा परी ३ जना घाइते भएका छन्। सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, रुब्दीमा घरमै बसेका उनीहरुलाई बँदेलले आक्रमण गरेको थियो।

महोत्तरीका बस्तीमा बँदेल आतङ्क

दशैँकै बेला जिल्लाका भङ्गाहा, गौशाला र बर्दिवास नगरपालिकाका बस्तीमा बँदेल आतङ्क बढेको छ । पछिल्ला तीन दिनयता १०÷१२ को सङ्ख्यामा बारी पसेका बँदेलले चार कट्ठाभन्दा बढीको कोभी तरकारीका हुर्कदो बिरुवा उखेलेर र माडेर मैदान बनाएको भङ्गाहा–४ का किसान चन्देश्वर राय दनुवारले बताउनुभयो । भङ्गाहा नगरपालिकाको रामनगर, थारुटोलबनरा, प्रेमनगर, सीतापुर धतियाटोल र राजपुरमा जङ्गली बँदेलको बिगबिगी बढेको छ ।

बँदेल धपाउन रातभर जाग्राम

जिल्लाका विभिन्न स्थानका किसान जङ्गली जनावर बँदेल धपाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको अन्नबालीमा जङ्गली जनावरले क्षति पु¥याउन थालेपछि किसान रातभरि जाग्राम बस्न बाध्य भएका हुन् ।

बँदेल आतंकले स्थानीय हैरान, गाउँपालिकाले निकाल्याे नयाँ उपाय

जंगली बँदेलले आतंक मच्चाएसँगै कृषकले लगाएको बालिनाली सखाप त पारेको छ। अझै मान्छेलाई समेत आक्रमण गर्न थालेपछि अजयमेरु गाउँपालिकाले नयाँ उपाय अपनाउने थालेको छ।

गाडेर शव लुकाउन खोज्दा ५ जना पक्राउ

इलाका प्रहरी कार्यालय बुटवलले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्नलाई सार्वजनिक गरिएको हो।

बँदेल सहित वन्यजन्तुको आतंकले किसान हैरान

जंगली जनावरले खेतमा लगाएको बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन्।  बँदेल, निलगाँई, घोडगधा लगायत जंगली जनावरले खेतमा लगाएको बाली खाने एवं नष्ट समेत पार्ने गरेका कारण किसानहरु पीडित बन्दै आएका हुन्।

बँदेलको आक्रमणबाट पाँच घाइते

जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो।

बँदेललाई थापेको धरापमा परेर युवाको मृत्यु

काठमाडौं-असुरक्षित बिधुतिय तारमा परेर एक युवाको ज्यान गएको छ। बाँदर र बँदेलबाट मकै बचाउन स्थानीयले राखेको बिधुतिय तारमा अल्झेर तार्केश्वरका ७ का सौगात ढकाललको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्