७ आश्विन २०८१ सोमबार
image/svg+xml

गुल्मीको खजुरे वनमा आगलागी, १८ घरपरिवार जोखिममा

गुल्मीको हस्तिचौर स्थित हस्तिचौर पालुखा खजुरे सामुदायिक वनमा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट वरपरका १८ घर जोखिममा परेको छ ।

नारायणगढ–मुग्लिन सडकमा जोखिम क्षेत्रको पहिचान गरिने

सडक चौडा पार्ने क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा जोखिम क्षेत्र पहिचान गरिने भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण भट्टले विज्ञ तथा इन्जिनियरको सहभागितामा जाँच गरेर उक्त सडकखण्डमा जोखिम क्षेत्रको पहिचान गर्ने जानकारी दिए । उनले विज्ञ इन्जिनियर र भूगोलविद्को सहभागितामा जोखिम क्षेत्र पहिचान गरी सो क्षेत्रमा आवश्यक सावधानी अपनाउने निर्णय भएको जानकारी दिए।

जोखिम छैन भन्दाभन्दै ज्यान लियो

नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारका लागि लगभग एक वर्षदेखि लगातार पहाड काट्ने काम भइरहेको घुमाउनेलाई सरकारी अधिकारी र निर्माण पक्षले मात्रै होइन भूगर्भविद्ले पनि पहिरोको जोखिम भएको ठाउँ मानेका थिएनन् । त्यहाँको खतरा आँकलन गर्न विज्ञहरू चुक्दा सोमबार सुक्खा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । थप दुई जना घाइते भए । केही सवारीसाधनमा क्षति पुग्यो ।

जीर्ण भवनमा जोखिम मोलेर पढ्दै फरक क्षमताका विद्यार्थी

सन्धिखर्क नगरपालिका– १ मा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयको भवन जिर्ण हुँदा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ। फरक क्षमता भएका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयहरु सुविधा सम्पन्न बनाइनु पर्ने भए पनि नयाँ भवन निर्माणमा कसैको चासो जान सकेको छैन।

नारायणगढ-मुग्लिन सडकखण्डमा भित्तो काटिएको ठाउँमा उच्च जोखिम

सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ। साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ।

मुग्लिनको सुख्खा पहिरो : पहिरो हटाइयो, जोखिम कायमै

निर्माणधिन नारायणगढ मुग्लिन सडक खण्डमा सुख्खा पहिरो जाँदा पुरिएका गाडीहरु झिक्ने काम सकिएको छ । पहिरो खस्ने सम्भावना कायमै रहेका कारण तत्कालका लागि यातायता भने सञ्चालन नहुने नारायणगढ मुग्लिन सडक अयोजनाले जानकारी दिएको छ । नारायणगढ मुग्लिन सडकको घुमाउनेमा बिहान साढे १० बजे पहिरो खस्दा ट्रक र मोटरसाइकलहरु पुरिएका थिए ।

उपभोक्ताको स्वास्थ्य जोखिममा

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले चापागाउँमा वितरण गरेको पानी ट्यांकीमा जथाभावी औषधि हाल्ने गरेको पाइएको छ। चापागाउँ, सातदोबाटो र सुनाकोठी क्षेत्रका उपभोक्ताको धारामा जडान भएको पुरानो टयांकीमा बिनामापन किटाणु मार्ने औषधि (ब्लिचिङ पाउडर) प्रयोग गरेको स्थानीयले बताएका छन्।

खाडीका महिला घरेलु कामदार जोखिममा: श्रम समिति

व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारको रूपमा खाडी मुलुक पुगेका महिला चरम जोखिममा परेको तथ्य सार्वजनिक गरेको छ।

नाफाको लोभमा जोखिम बढाउने खेल

थोरै नाफाको लोभमा व्यापारीले भारतीय बजारबाट अवैध रुपमा पंक्षी तथा पंक्षीजन्य वस्तुको आयात नरोक्दा बर्डफ्लु लगायतका संक्रामक रोगको जोखिम पूर्वमा उच्च बनेको छ। पंक्षी तथा पशुस्वास्थ्यका विज्ञहरुका अनुसार पूर्वका नाकाहरुबाट भइरहेको अवैध आयातले जुनसुकै बेला भयावह अवस्था निम्त्याउने खतरा छ।

क्षयरोग दिवसः जोखिममा मात्र संस्थामा आइपुग्छन् क्षयरोगका बिरामी

रोल्पाका अधिकांश क्षयरोगका बिरामी जटिल अवस्थामा पुगिसकेपछि मात्र स्वास्थ्य संस्थामा चेकजाँचका लागि आउने गरेका छन् ।

बाग्लुङमा १० प्रतिशत व्यक्ति हात्तीपाईलेको जोखिममा

जिल्लामा हात्तीपाईले रोग निवारणका लागि आठौं चरणको अभियान शुरु भएको छ । शनिबारबाट जिल्लाभर औषधी सेवन अभियान शुरु भएको हो । जिल्लामा हात्तीपाईले विरुद्धको आठौं चरणको अभियानसम्म आईपुग्दा पनि जोखिम भने कायमै देखिएको छ ।

जोखिम कम गर्न नगदको पनि बिमा

विदेशमा छापिएका नेपाली नोट ल्याउन होस वा विदेशी मुद्रा सटही गरेर नेपाल ल्याउँदा नगद चोरी, डकैती हुनेजस्ता सम्भावित दुर्घटनाको जोखिम कम गर्न नगदको पनि बिमा गर्न थालिएको छ। नगद कारोबार गर्ने कुनै पनि संस्थाले जोखिम कम गर्न नगदको बिमा गर्न थालेका हुन।

वन डढेलो नियन्त्रण बाहिर, बस्ती जोखिममा

खोटाङको उत्तरी गाविस माक्पास्थित भीर गाउँ सामुदायिक बनमा लागेको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ। सुक्खा मौसमका बेलामा माक्पा–७ र ८ स्थित भीरगाउँ सामुदायीक वनमा शुक्रबार दिउँसो सुरु भएको भीषण डढेलो नियन्त्रण बाहिर गएको हो।

नेपाल ग्यासले जोखिमपूर्ण सिलिन्डर नष्ट गर्‍यो

नेपाल ग्यासले जोखिमपूर्ण अवस्थामा रहेका ग्यास सिलिन्डरलाई नष्ट गरेको छ । उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर दुई दशकबढि पूराना, हाइड्रोलिक टेस्ट गर्दा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका साढे छ सयबढि सिलिन्डर मंगलबार नष्ट गरेको कम्पनीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्