१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

निजीमा रित्तिएपछि बिरामी वीरमा

काठमाडौं-काठमाडौं नैकापका ६२ वर्षीय कृष्ण महर्जन दस वर्षदेखि बिरामी छन् । छिमेकीको कुरामा लागेर काठमाडौं नर्सिङ होम पुगे । त्यहाँ पित्तथैलीको शल्यक्रिया भयो । तैपनि रोग निको भएन । एक वर्षदेखि खाना खानेबित्तिकै बान्ता हुने समस्या आयो।

रेडपाण्डाको गतिविधि अध्ययन गर्न मोबाइल एप

पाँचथर– लोपोन्मुख वन्यजन्तूको रुपमा रहेको रेडपाण्डाको अवस्था अध्ययनका लागि मोबाइल एप्लिकेशनको प्रयोग गरिने भएको छ। रेड पाण्डा पाइने मेची अञ्चलका पहाडी जिल्ला पाँचथर, इलाम, ताप्लेजुङ(पिआईटी) क्षेत्रमा मोबाइल एप्लिकेशनबाट जानकारी लिने गरी योजना अघि बढाइएको छ।

कांग्रेस–एमाले संख्यामै अल्झिएपछि अन्य दल असन्तुष्ट

खोटाङमा कांग्रेस–एमालेका कारण स्थानीय तहको पुर्नसंरचनाको खाकाको संख्यामै बखेडा निस्किएपछि नेकपा माओवादीसहितका ८ दलले असन्तुष्टि जनाएका छन्। आफूहरु आफ्नो खाकाको विषयमा एक ठाउँमा बसेर छलफल गर्न तयार भएपनि कांग्रेस–एमाले आफ्नो खाकामा तलमाथि गर्न नसकिने अडानमा बसेपछि अन्य दल असन्तुष्ट बनेका हुन्।

अनसनकारी सिकिस्त भएपछि अस्पताल भर्ना

नेपाल विद्यार्थीसँगका फर्जी प्रतिनिधि सच्याएर विधिवत महाधिवेशन गर्न माग गर्दै आठदिनदेखि आमरण अनसनमा बसेका नेविसंघका दुई नेता गणेश सापकोटा र रत्नहरि ढुंगेलको अवस्था चिन्ताजनक भएपछि मोडल अस्पतालको इमर्जेन्सिमा भर्ना गरिएको छ। उनीहरु दुवैजनालाई पार्टी कार्यालय सानेपाबाट मोडल अस्पताल ल्याएर इमर्जेन्सिमा भर्ना गरिएको हो।

डलर साट्दा २० लाख ठगिएपछि...

सिन्धुली- होस् गर्नुस् है जो कोहिसँग डलर साट्दा ठगिएला। सिन्धुलीमा मुस्ताङका एक सामान्य व्यवसायीको डलर साट्न खोज्दा २० लाख ठगीएको छ। मुस्ताङ जिल्ला लेते ६ का ३२ बर्षिय कृष्णमोहन नेपालीको २० लाख रुपैँया एक अपरिचित समूहले ठगेका हुन्।

बाढीले पुल बगाएपछि बागलुङका आधा दर्जन गाउँको जनजीवन कष्टकर

काठमाडौं-बाढीले पुल बगाएको एक सातासम्म पनि वैकल्पिक व्यवस्था नहुँदा जिल्लाको अधिकारीचौर गाविसका आधा दर्जन गाउँमा आवतजावत गर्न समस्या भएको छ । सो गाविसका रहेको भुजी सहित विभिन्न खोलाका आठ पूल बगाएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । बजारसंगको सम्पर्क टुकेको छ, सयौं विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन् ।

डोनाल्ड ट्रम्पकी श्रीमतीको नांगो फोटो सार्वजनिक भएपछि...

रिपब्लिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पको नांगो फोटो भाइरल भएको छ। मेलानियाको नांगो फोटो न्युयोर्क पोष्टमा प्रकाशित भएको छ। तर मेलानियाको सो नांगो फोटो डोनाल्ड ट्रम्पसँग विवाह गर्नुपूर्व मेलानिया मोडलिङ गर्दाताकाको रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

एपिएफ महिला क्रिकेट च्याम्पियन

काठमाडौं– विभागीय टोली एपिएफ क्लबले राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधिजितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार एपिएफले पूर्वाञ्चललाई १० रनले हरायो । वर्षाकारण १० ओभरमा घटाइएको खेलमा सुरुआती ब्याटिङ गरेको एपिएफका लागि सीता रानामगर र सरिता मगरले उत्कृष्ट ब्याटिङ गरेका थिए।

स्याफ्रूबेँसीमा पहिरो गएपछि कारोबार ठप्प

धुन्चे (रसुवा)– पहिरोका कारण मंगलबार बिहानदेखि स्याफ्रू– टिमुरे खण्डको सडक अवरोध हुँदा नेपाल र चीनबीचको व्यापारिक कारोबार ठप्प भएको छ। निर्माणाधीन रसुवागढी हाइड्रोपावरमा कार्यरत इलेक्टिसियन सानो कान्छा तामाङअनुसार वृदिम गाविस–१ फ्याङ्लुङ पाखाबाट झरेको पहिरोले सडकको सतह पुरी आवतजावतमा समेत अवरोध पुर्याएको छ।

डाक्टरले एक हप्ता नबोल्न सुझाएपछि लोकमान सुशासन समितिको बैठकमा आएनन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की व्यस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा अनुपस्थित भएका छन्। कार्कीले अस्वस्थ रहेको पत्र पठाएर बैठकमा आउन नसक्ने जानकारी गराएका हुन्। उनले पठाएको पत्रमा डाक्टरले एक हप्ता नबोल्न सल्लाह दिएको उल्लेख छ।

एपिएफ महिला क्रिकेटको फाइनलमा

लगातार दोस्रो जित हात पार्दै एपिएफ क्लब राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ। सीता रानामगर र ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गरेपछि कीर्तिपुरस्थित त्रिविमैदानमा एपिएफले मध्यपश्चिमलाई ९ विकेटले हराएको थियो।

बहुमत गुमाएपछि सरकार छोड्नुपर्छः खनाल

नेकप एमालेका वरिष्ठ नेता झलनाथ खनालले बहुमत गुमाएपछि सरकारबाट बाहिरिन एमालेलाई कुनै आपत्ति नभएको बताएका छन्। आइतबार व्यवस्थापिका संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै खनालले बहुमत गुमाउनेले सरकार छाड्ने र बहुमत पुर्याउने सरकार गठन गर्ने सामान्य सिद्धान्तबाट एमाले विचलित नभएको बताए।

पूर्वाञ्चल र एपिएफ विजयी

पूर्वाञ्चल र एपिएफले शनिबार राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। कीर्तिपुरस्थित त्रिविमैदानमा पूर्वाञ्चलले पश्चिमाञ्चलमाथि ९ विकेटले विजय पायो भने अर्को खेलमा एपिएफ क्लबले मध्यमाञ्चललाई ६ विकेटले हरायो। विजेता दुवैले समान २ अंक जोडेका छन्।

बजेट फेल भएपछि फिर्ता हाेला साउनकाे कर ?

काठमाडौं– व्यवस्थापिका संसद्मा प्रस्तुत बजेट आश्रित विधेयक शुक्रबार बहुमतले फेल गरेपछि सरकारले साउन १ देखि लागू हुने गरी चालू आर्थिक वर्षको बजेटमार्फत बढाएको कर उठाउन नसक्ने भएको छ। २०४६ सालमा मुलुक संसदीय व्यवस्थामा प्रवेश गरेयता बजेट पहिलोपटक फेल भएको हो। यद्यपि संसद्ले विनियोजन विधेयक पहिल्यै पारित गरिसकेकाले खर्च गर्ने बाटो भने खुलिसकेको छ । नयाँ तलबमानअनुसार बढेको तलब वितरण गर्न पनि अवरोध छैन।

बेलायती माझ डेटिङ एप लोकप्रिय

बेलायतमा गरिएको एक सर्वेक्षणले बेलायतीमा डेटिङ एपको प्रयोग गर्ने क्रम बढेको देखाएको छ। सर्वेक्षणमा सहभागी मध्य एकतिहाई मानिसले आफै गर्लफ्रेन्ड तथा व्वाईफ्रेन्ड खोज्नु भन्दा पनि स्मार्टफोनमा भएको डेटिङ एपको प्रयोग गरी सम्भावित पार्टनर खोज्न सहज हुने बताएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्