'हेल्थ सिस्टम नै कोल्याप्स हुने अवस्था आउँदैछ'
प्रदेश २ मा दैनिक थपिँदै गएको कोरोना संक्रमितमध्ये आधा संक्रमित पर्सा जिल्लाकै हुन्छन् । यस प्रदेशमा रहेका २ हजार ५ सय ५२ सक्रिय संक्रमितमध्ये १ हजार ४२० सक्रिय संक्रमित पर्सामा छन् ।
प्रदेश २ मा दैनिक थपिँदै गएको कोरोना संक्रमितमध्ये आधा संक्रमित पर्सा जिल्लाकै हुन्छन् । यस प्रदेशमा रहेका २ हजार ५ सय ५२ सक्रिय संक्रमितमध्ये १ हजार ४२० सक्रिय संक्रमित पर्सामा छन् ।
एक सप्तामा बिहीबार साँझसम्म आएको पछिल्लो ६ पटकको पिसिआर र एन्टिजेन परीक्षण रिपोर्ट हेर्दा ६ सय २६ मध्ये ३ सय ४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो भनेको परीक्षण गरिएकामध्ये ५४.७९ प्रतिशतले संक्रमण दर फेला परेको हो। वीरगन्जमा परीक्षण गरिएकामध्ये ८३.६७ प्रतिशत अर्थात् २ सय ८७ जना पर्साका हुन्।
छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहर भनिएको संक्रमणको दर तीव्र रुपमा बढेपछि यता नेपालको मुख्यस्थल प्रवेशमार्ग रहेको सीमावर्ती वीरगन्ज र पर्सा जिल्लामा अवस्था भयावह बनेको हो। थपिएका संक्रमितमध्ये धेरै जसोको यात्रा बृतान्त भारतसँग जोडिएको डा.दासले बताए।
भारतमा संक्रमण द्रुत गतिमा फैलिरेहाकोले खुला सीमा जोडिएको नेपालमा त्यसको असर पर्ने सरोकारवालाहरूको चिन्ता छ । सिमावर्ती वीरगन्ज ‘ट्रान्जिट’ सहर भएकोले यहाँ कोरोना संक्रमणको ‘ग्राफ’ दिनुहु बढिरहेको देखिएको छ।
६ लेन सडक वीरगन्जको आइसिपि (इन्टरग्रेटेड चेक पोस्ट) देखि पथलैयासम्म करिब २८ किलोमिटरको हुनेछ। यस सडकले ‘आइसिपी’बाट सञ्चालित देशको प्रमुख भन्सार नाका वीरगन्ज भन्सारलाई जोडेको छ। त्यस्तै रेलमार्फत भारतीय बन्दरगाह हुँदै अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गसँग नेपाललाई सम्पर्क गराउने एक मात्र संरचना सिर्सिया सुक्खा बन्दरगाहलाई पनि यसले सँगसँगै जोडेको छ।
नियन्त्रणमा लिइएका बेहुला र उनका बाबुलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बाल विवाहसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद बुझेको बताए।मुद्दा अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेका बाबु, छोराको नाम सार्वजनिक नगरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए।
युवा व्यवसायीलाई सकारात्मक व्यक्तिगत सोच र दृष्टिकोण सशक्त बनाएर विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) अन्तर्गत वीरगन्ज र जनकपुर अध्यायको स्थापना भएको छ ।
वीरगन्ज महानगरपालिकाको ‘भोजपुरी प्रतिष्ठान ऐन २०७६’ अनुसार भोजपुरी प्रतिष्ठान स्थापना भएको छ। गत माघ महिनामा भोजपुरीका वरिष्ठ साहित्यकार एवं लोक संस्कृतिका विज्ञ उमाशंकर द्विवेदीको अध्यक्षतामा प्रतिष्ठानको कार्यकारणी सभा गठन भएको थियो। उक्त प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस समेत मनाएको छ।
चिकित्सा शिक्षा सुधारको लागि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा वीरगन्जमा प्रदर्शन भएको छ। यहाँ बेग्लाबेग्लै पक्षले डा. केसीको सर्मथनमा प्रदर्शन गरेका छन्।
व्यापारिक नगरी वीरगन्जमा पछिल्लो १० दिनदेखि निषेधाज्ञा लगाइएको छ । यसबाट सहरको जनजीवनमा स्वाभाविक रूपमा भयावह शान्ति देखिएकै छ, यहाँ भएर हुने व्यापारिक कारोबार पनि प्रभावित बनेको छ ।
वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण भएको छ। सरावगीले आफुलाई करोना संक्रमण भएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको फेसवुकमा लेखेका छन्।
कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज–१६ निवासी ३५ वर्षीय पुरुषको उपचारको क्रममा गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो।
पर्सा जिल्लामा र खासगरी वीरगन्ज महानगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा लागु गरिएको छ ।
मुलुककै ब्यपारीक नगरी तथा प्रदश २ को एकमात्र महानगरपालिका वीरगन्जले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि तीन अर्ब ८६ करोड ५१ लाख रुपैयाँको बजेट ल्याएको छ ।
लकडाउन पालना गर्दै आएका वीरगन्जवासी बुधबारसम्म निश्चित अवधि पसल खोल्ने, अत्यावश्यक काममा आवतजावत गर्दा सावधानी अपनाए सुरक्षाकर्मीबाट कुनै अवरोध नहुनेमा अभ्यस्त हुन थालेका थिए।