कैदीबन्दीका लागि पुस्तक जुटाउँदै प्रहरी
कारागारमा रहेका कैदीबन्दीले समय सहजै बिताउन सकुन् र सुधार केन्द्रको रुपमा लिइएको कारागारमा बस्दा ज्ञानगुनका कुरा जान्न पाउन् भन्ने उद्देश्यले गोरखा प्रहरीले पुस्तक संकलन थालेको छ। केही दिनअघि प्रहरी कार्यालयमा भएको पुस्तक आलोपालो पढ्ने गरी दिएको प्रहरीले शुक्रबारदेखि सर्वसाधारणसँग पढिसकेको पुस्तक दिन अनुरोध गरेको हो।