बाँकेमा औषधिबाहेकका व्यवसाय बन्द
जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि बिहान १० बजेदेखि औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द गराएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि बिहान १० बजेदेखि औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द गराएको छ।
बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ।
कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा अन्य राजनीतिक दल विभाजन गर्न अध्यादेश ल्याउने र सांसद अपहरणमासंलग्न देखिएबाट प्रधानमन्त्रीले सरकार सञ्चालनको नैतिक धरातल गुमाएको निष्कर्ष तीन दलको छ।
कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन म्याग्दीको मालिका गाउँपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा वितरण गरेको छ।
मनकामना मन्दिरका मुख्य पुजारी इन्सान थापाले ब्यक्तिगत सुरक्षाका लागि भन्दै तीनवटा बन्दुक लिएको विषयमा चर्को आलोचनापछि प्रहरीलाई बुझाएका छन्।
मनकामना मन्दिरका मुख्य पूजारी इन्सान थापाले बन्दुक प्रहरीलाई बुझाएका छन्। ब्यक्तिगत सुरक्षाका लागि भन्दै उनले तीनवटा बन्दुक लिएको विषयमा चर्को आलोचना भएको थियो। लकडाउनका बेला बन्दुक बोकेर शिकार खेल्न हिँडेको आरोप लागेका पूजारीलाई प्रहरीले एक साता अघि बन्दुक सहित नियन्त्रणमा लिएको थियो।
कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगित खोप कार्यक्रम आजदेखि शुरु हुने भएको छ।
शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ।
बन्दाबन्दीका कारण रोकिएको बालाजु बाइपास क्षेत्रमा सडक सुधारको काम थालिएको छ।
कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि १ महिनादेखि देश बन्दाबन्दी (लकडाउन) मा छ। यसको अर्थ जनजनलाई बुझाउनेदेखि कोरोनाको नियन्त्रणात्मक र उपचारात्मक कार्यसमम्मको मुख्य जिम्मेवारी स्थानीय तहलाई तोकिएको छ।
बिहानदेखि बेलुकीसम्म मनकामना मन्दिर भित्र पूजापाठ गरेर भक्तजनलाई आशिक दिँदै बस्ने पूजारीलाई सुरक्ष थ्रेट कति अनुमान गर्न सकिएला।
छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ।
पछिल्लो समय सुर्खेत छिन्छु हुँदै जाजरकोट भएर पैदल यात्रा गरेर आउनेको संख्या बढेपछि जुम्लाबासीले तत्काल जुम्ला जाजरकोट नाका पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन् । उनीहरुले नाका बन्द गरेर आवतजाव पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन् । अहिले कर्णाली राजमार्गमा सवारी आवागमन ठप्प भएपछि भारत तथा ब्यापारका शिलशिलामा देशभित्र रहेकाहरु धमाधम जाजरकोट भएर आउन थालेका हुन् ।
कोभिड–१९ द्वारा सिर्जित बन्दाबन्दीको अवस्थामा आफ्नो थातथलो हिँडेका सर्वसाधारणले यो बेला पाएका सास्ती शब्दमा चित्रण गर्न सकिँदैन।
जिल्ला प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंँजा बन्द गराएको छ।