१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मःमः प्रतिबन्ध गर्न भारतमा अभियान

सडकदेखि तारे होटलसम्म पाइने  मःमः मन नपाउने मान्छे दक्षिण एशियामा कमै होलान्। काठमाडौं र नेपालमा त मःमःका पारखीहरु अझ धेरै नै छन्। तर धेरैको प्रिय बनेको मःमःलाई प्रतिबन्ध गर्न भारतमा अभियान सुरु भएको छ। सत्तारुढ भारतीय जनता पार्टीका एक नेताको नेतृत्वमा मःमः प्रतिबन्धको अभियान जम्मु कस्मिरबाट थालिएको छ।

सय र ५०० का स्विडिस क्रोनरमा प्रतिबन्ध

नेपाल राष्ट्र बैंकले सय र पाँच सयका स्विडिस क्रोनर चलनचल्तीम रोक लगाएको छ। केन्द्रीय बैंकले सोमबार परिपत्र जारी गर्दै सर्वसाधारणसँग भएको उक्त दरका नोट आइतबारसम्म मात्र सटही गरिदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

एक हजार भारु नोटको मूल्य दुई रुपैयाँ, नेपाल भित्रिँदै प्रतिबन्धित भारु

भारत सरकारले प्रतिबन्ध लगाएको एक हजार र पाँच सय भारतीय रुपैंयाको नोट नेपालमा भित्र्याउन संगठित गिरोह सक्रिय देखिएको छ। भारतमा सटही गर्न नसकेको भारु प्रतिगोडा २ रुपैंयाको दरमा किनेर नेपाल ल्याउन संगठित गिरोह सक्रिय छन्।

नवाजमाथि पिसिबीको प्रतिबन्ध

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले बायाँ हाते स्पिनर मोहम्मद नवाजलाई दुई महिना प्रतिबन्ध र १ हजार ९ सय डलर जरिवाना गरेको छ ।

फ्रन्समा दुब्ला मोडलमाथि प्रतिबन्ध

फ्रान्समा स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी आफूलाई दुब्लो बनाएका फेसन मोडलको प्रयोगमा प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा आएको छ।

कस्मिरमा सामाजिक सञ्जाल प्रतिबन्ध गरेको भोलिपल्ट तीन भारतीय सैनिकको हत्या

भारतको अधिनस्थ काश्मिरमा बिहीबार बन्दूकधारीको आक्रमणमा परी कम्तिमा तीन सैनिकको मृत्यु भएको छ। यो घटना सो इलाकामा भारतीय अधिकारीले फेसबुक, ट्वीटरलगायतका २२ वटा समाजिक सञ्चार माध्यमलाई बन्द गर्ने आदेश दिएको एक दिनपछाडि भएको छ।

ताइवानमा कुकुर–बिरालो मार्न प्रतिबन्ध

ताईवानको संसद्ले मानिसको प्रयोगका लिएर कुकुर तथा बिरालो मार्न प्रतिबन्ध गर्ने विधयेक पारित गरेको छ। विधयेकले यात्रा गर्ने बेला आफ्ना घरपालुवा जनावरलाई गाडी वा मोटरसाईकलमा तानेर हिंड्न पनि प्रतिबन्ध गरेको छ।

शिवसेनका सांसद रविन्द्रमाथिकाे उडान  प्रतिबन्ध हट्यो

एयर इन्डियाले शिव सेनका सांसद रविन्द्र गायकवाड माथि लगाएको उडान प्रतिबन्ध तत्कालका लागि हटाएको छ ।

'राजदूतावासको आग्रहमा महिलालाई प्रतिबन्ध'

व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकमा महिला कामदार पठाउने निर्णय ती देशमा रहेका राजदूतावासको आग्रहमा गरिएको प्रस्ट पारेको छ।

खाडी मुलुक घुम्न जान प्रतिबन्ध

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीका घटना श्रृङ्खलाबद्ध रुपमा सार्वजनिक भएपछि सरकारले 'ट्राभल हिष्ट्री' नभएकाहरुलाई खाडी मुलुक घुम्न जान प्रतिबन्ध लगाएको छ। यो व्यवस्थाअनुसार पहिलो विदेश भ्रमणको रुपमा खाडी मुलुक जान पाइने छैन।

मेसी विश्वकप छनौटका चार खेलमा प्रतिबन्धित

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले विश्वकप छनौट चरण चार खेल गुमाएका छन्। फिफाले मंगलबार अर्जेन्टिनी स्ट्राइकरविरुद्ध  यस्तो कारवाही फैसला सुनाएको हो।

मेसीविरुद्ध फिफाले कारवाही प्रक्रिया थाल्यो, प्रतिबन्ध लगाउन सक्ने

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीमाथि फिफाले कारवाही प्रक्रिया अघि बढाएको छ। विश्वकप छनौट अन्तर्गत चिलीविरुद्धको खेलमा म्याच अफिसिललाई अपशब्द प्रयोग गरी गाली गरेको अभियोगमा उनीविरुद्ध कारवाही प्रक्रिया अघि बढेको हो।

एकभन्दा बढी क्षेत्रमा चुनाव लड्न प्रतिबन्ध

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले एक क्षेत्रबाट मात्र उम्मेदवारी दिन पाउने कानुन प्रस्ताव गरेको छ।

प्रतिबन्धित लागु औषधसहित एक पक्राउ

सशस्त्र प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट प्रतिबन्धित लागू औषध नाइट्रोभेट करिब ६ सय टयाब्लेट शरीरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा गरुडा नगरपालिका–१ का २० वर्र्षीय राजकिशोर साहलाई सशस्त्र प्रहरी विओपी गौर भन्सारको टोलीले पक्राउ गरेको हो।

युरोपले नेपालमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा गर्न आग्रह

परराष्ट्रमन्त्री प्रकाश शरण महतले युरोपेली परिषदका अध्यक्षसँग भेटगरी युरोपियन युनियन (ईयु) अन्तर्गतका देशले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्