१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ट्रम्पको प्रतिबन्धबारे अदालतमा सुनुवाई, राष्ट्रपतिको निर्णय सर्वोच्च रहेको जिकिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध अस्थायी स्थगन गर्न दिएको आदेशकाविरुद्ध ट्रम्प प्रशासनले गरेको पुनरावेदनको सुनुवाई मंगलबार सान फ्रान्सिस्को राज्यको एक अदालतमा भएको छ।

इकार्डी र पेरिसिकमाथि प्रतिबन्ध

युभेन्ट्सविरुद्धको खेलमा रेफ्रीलाई दूव्र्यवहार गरेको आरोपमा इन्टर मिलानका माउयो इकार्डी र इभान पेरिसिकमाथि २ खेलको प्रतिबन्ध लगाइएको इटालियन सिरी ‘ए’का अधिकारीले सोमबार बताएका छन्।

अमेरिकालाई इरानको धम्की : प्रतिबन्धको जवाफ मिसाइलले दिन्छौं

इरानको रेभुलेसनरी गार्डका एक वरिष्ठ कमाण्डरले दुस्मनले देशलाई केही गरे इरानी मिसाइल दुस्मनमाथि खसालिने बताएका छन्। एयरस्पेस डिभिजनका प्रमुख जनरल आमिर अली हाजीजादेले भने, ‘यदि दुस्मन सही बाटोमा हिँड्दैन भने हाम्रो मिसाइल उमाथि खस्नेछ।’

'सर्वसाधारणसँग भएको प्रतिबन्धित भारु साटिदिनु पर्छ'

सर्वसाधारणसँग भएको प्रतिबन्धित ५०० र हजार दरका भारु के गर्ने भन्ने सम्बन्धमा भारतले अहिलेसम्म कुनै निर्णय नदिए पनि त्यस्ता भारु नोट नेपाल सरकाले साटिदिन सक्नुपर्ने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडाले बताएका छन्।

रसेललाई एक वर्षे प्रतिबन्ध

डोपिङ सम्बन्धी नियम उल्लंघन गरेको कारण वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलमाथी  मंगलबार एक वर्षको प्रतिबन्ध लगाइएको छ।जमैकन कन्फरेन्स सेन्टरमा प्रतिबन्धको निर्णय घोषणा हुँदा रसेल निराश देखिएका थिए।

प्रतिबन्धित भारुको समस्या हल गर्न भारतीय टोली आउँदै

प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय टोली नेपाल आउने भएको छ। रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) को उक्त टोलीले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीलाई भेट गरी प्रतिबन्धित भारुको समस्या समाधान गर्ने भएको छ।

चुनाव खर्च नबुझाए ६ वर्ष प्रतिबन्ध

निर्वाचन खर्च विवरण नबुझाउने राजनीतिक दल वा उम्मेदवारले  ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने भएका छन्। संसद्को राज्य व्यवस्था समितिको उपसमितिले निर्वाचन आयोगको कामकर्तव्य र अधिकार तथा मतदाता नामावलीसम्बन्धी कानुनमा यस्तो प्रावधान राख्न अनुमति दिएको हो।

सेता कुखुराका २ हजार प्रतिबन्धित चल्ला बरामद गरी नष्ट

रौतहटको विभिन्न सीमावर्ती नाकाहरुबाट प्रतिबन्धित भारतीय सेता कुखुरा र चल्लाको तस्करी व्यापक मात्रामा भइरहेको पाइएको छ। बिहीबार कुखुरा तस्करहरुले सीमावर्ती भारतको घोडासहान बजारवाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिब साढे दुई हजार प्रतिबन्धित सेता कुखुराको चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेपछि तस्करीको रहस्य सार्वजनिक भएको हो।

प्रतिबन्धित भारु साट्न राष्ट्र बैंकको टोली भारततिर

रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न नेपाल राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ । नेपालमा रहेका प्रतिबन्धित नोट साटिदिन भारतले आनाकानी गरेपछि केन्द्रीय बैंकको उक्त टोली बुधबार (आज) भारत जान लागेको हो ।

प्रतिबन्धित भारु साट्ने समय सकियो

भारत सरकारले आफ्ना नागरिकलाई प्रतिबन्धित भारु नोट साट्न दिएको समय शनिबार सकिँदासम्म पनि नेपालमा रहेको ५०० र हजार दरका भारु नोटको भविष्यबारे कुनै टुंगो लाग्न सकेका छैन्।

भार्डेको प्रतिबन्धले लेस्टरलाई धक्का

स्ट्राइकर जेम्स भार्डेमाथि इङल्यान्ड फुटबल संघ (एफए) ले मंगलबार तीन खेलको प्रतिबन्ध लगाएपछि प्रिमियर लिगमा संघर्ष गरिरहेको साविक विजेता लेस्टर सिटीलाई थप धक्का लागेको छ। लिगमा शनिबार सम्पन्न स्टोक सिटीविरुद्धको खेलमा मध्यान्तरअघि रातो कार्ड दर्शन गर्दै भार्डेले मैदान छोडेका थिए।

प्रतिबन्धित क्यानको वार्षिक साधारणसभा

निरन्तरको किचलो र आन्तरिक विवादका कारण अन्तर्राष्ट्रिय जगतमा पूरा नेपाली क्रिकेट प्रतिबन्धमा छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आन्तरिक विवाद समाधान नगरेसम्मका लागि भन्दै वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतिवन्ध लगाएको थियो।

पाकमा हट्यो भारतीय फिल्मको प्रतिबन्ध

पाकिस्तानमा रहेका मुख्य मुख्य सिनेमा घरले भारतीय फिल्ममाथिको प्रतिबन्ध फुकाउने निर्णय गरेका छन्। सेप्टेम्बरमा दुवै देशको सम्बन्ध तनावको उत्कर्षमा पुगेपछि पाकिस्तानले सिनेमा घरमा भारतीय फिल्म नलागाउने निर्णय गरेका थिए।

प्रतिबन्धित भारु सटही अझै अन्योलमा

एक महिना बितिसक्दा पनि नेपालीसँग रहेका प्रतिबन्धित ५ सय र हजारका भारु नोट सटहीमा देखिएको अन्योल अथावत छ। नेपालले बारम्बार ताकेता गर्दा पनि प्रतिबन्धित नोट साट्ने वा नसाट्ने विषयमा भारतलेे कुनै प्रतिक्रिया दिएको छैन्।

प्रतिबन्धित भारु नोट साट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले नेपालीसँग रहेका पाँच सय र हजार दरका भारतीय प्रतिबन्धित नोट साट्न सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकले नेपाली नागरिकसँग रहेका वैध भारतीय नोट व्यवस्थापनका लागि शीघ्र प्रक्रिया थाल्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्