२१ असार २०८१ शुक्रबार
image/svg+xml

उदयपुरका एक युवा कटुवा पेस्तोलसहित पक्राउ

उदयपुरमा एक युवा कटुवा पेस्तोलसहित पक्राउ परेको प्रहरीले जनाएको छ। बुधबार राति साढे ९ बजेको समयमा जिल्लाको बेलका नगरपालिका ३ सातपत्रेका १९ वर्षीय मनोज खत्री पक्राउ परेका हुन्।

दुई थान स्वचालित पेस्तोलसहित युवक पक्राउ

सिरहाको कल्याणपुर नगरपालिका २ चतरीबाट स्वचालित पेस्तोलसहित एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ३ इटारीका २१ वर्षीय अहमद मिया रहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

पेस्तोलसहित चितवनमा दुई पक्राउ

इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

लोड गरिएको अमेरिकन पेस्तोलसहित तरुण दलका नगर अध्यक्ष पक्राउ

लोड गरिएको अमेरिकन पेस्तोलसहित तरुण दलका नगर अध्यक्ष पक्राउ परेका छन्। नेपाली कांग्रेस निकटको युवा संगठन तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाह लोड गरिएको उक्त अमेरिकन पेस्तोलसहित पक्राउ परेका हुन् ।

पेस्तोलसहित दुईजना नियन्त्रणमा

सर्लाही प्रहरीले नलकटुवा पेस्तोलसहित शनिबार दुईजनालाई नियन्त्रणमा लिएको छ ।लालबन्दी नगरपालिका–५ मेजरगन्जनिवासी ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुरलाई एक थान नलकटुवा पेस्तोल बोकेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

दुईवटा फरक–फरक मोटरसाइकल चलाएर जब्दीबाट लालबन्दीतर्फ हिड्दै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुले पेस्तोल बोकेको फेला परेको हो।

लाेडेड पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुरमा एकजना कटुवा पेस्तोलसहित पक्राउ परेका छन्। सोमबार राति शंकास्पद रुपमा हिँडिरहेका बारा फेटा गाबिस वडा नम्बर २ घर भई हाल फेटा गाँउपालिका ३ बस्ने ४१ वर्षीय शम्भुप्रसाद शाह कानुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

पेस्तोलसहित एक जना पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा ९ भातेढिकुरस्थित सडक बाटोमा एकजनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।

नक्कली सुन र पेस्तोलसहित लुटपाटमा संलग्न ८ जना पक्राउ

प्रहरीले लुटपाटमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले काठमाडौं–१६ स्थित हाई रेष्टुरेन्ट एण्ड डान्स बारभित्र लुटपाटको योजना बनाइरहेको अवस्थामा पक्राउ गरेको हो।

कटुवा पेस्तोल बरामद

धनुषामा सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा एक थान हत्यिार बरामद गरेको छ। औरही गाउँपालिका—३ बिकमपुर स्थित सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र सिंह धामीको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा बुधबार विहान कटुवा पेस्तोल बरामद गरेको हो।

धनगढीमा विस्फोटः ५ जना घाइते, घटनास्थलबाट चाइनिज पेस्तोल बरामद

कैलालीको धनगढीस्थित सहिदगेटमा रहेको एक पसलमा विस्फोट हुँदा पाँच जना घाइते भएका छन्। बिहीबार साँझ निलम नास्ता पसलमा विस्फोट हुँदा सञ्चालकसहित पाँच जना घाइते भएका हुन्। विस्फोट भएको स्थानबाट प्रहरीले एक थान चाइनिज पेस्तोल भेटेको छ।

हतियारसहित गोंगबुबाट तीन जना पक्राउ

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले गोंगबु मित्रनगरमा अवस्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको गरेको छ।

अटोमेटिक पेस्तोलसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

पक्राउ पर्नेहरूमा जिल्ला जनपरिषद् प्रमुख सुन्दर हरैंचा–१२ का अशोक राई, कानेपोखरी–६ का कंश धिमाल र उर्लाबारी–२, सालबारीका केन्द्रलाल धिमाल छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्