२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

पेस्तोलसहित एक जना पक्राउ

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका वडा ९ भातेढिकुरस्थित सडक बाटोमा एकजनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। 

सोमबार राति शंकास्पद रुपमा हिडिरहेका बारा फेटा गाबिस वडा २ घर भई हाल फेटा गाँउपालिका ३ बस्ने बर्ष ४१ को शम्भुप्रसाद शाह कानुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

उनको झोला तथा शरिर खानतलासी गर्दा कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा एक राउण्ड गोली चेम्बरमा लोड गरेको अवस्थामा रहेको कटुवा पेस्तोल थान १ र त्यसमा लाग्ने गोली थान ५ झोलामा राखेको अवस्थामा फेला पारिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए। 

महानगरीय प्रहरी वृत जगाती भक्तपुरबाट प्रनाउ चक्रराज जोशीको कमाण्डमा खटी गएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ। निजलाई पक्राउ गरी हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाइएको छ। 

प्रकाशित: २४ भाद्र २०७६ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App