२३ असार २०८१ आइतबार
image/svg+xml

पेस्तोल ताकेको तस्बिर ह्वाट्सएपमा राखेर एक जोडीले गरे आत्महत्या

उनीहरुले एक अर्कालाई गोली हानेर आत्महत्या गरेका हुन्। आत्महत्या पहिले उनीहरुले सामाजिक सञ्जाल ह्वाट्सएप ग्रुवमा एउटा तस्बिर राखे।

पेस्तोल छाडेर भाग्ने यादव नियन्त्रणमा

प्रहरीका अनुसार २०७५ पुस २४ हरीपुर्वा–९ स्थित बसतपुर निवासी रामविश्वास रायका दुई पत्नीको विवादसम्बन्धी छलफल जयनारायण यादवको घरमा भइरहेको अवस्थामा जेठी पत्नीका तर्फबाट सहभागी सञ्जयले अन्यलाई पेस्तोल देखाएर धम्की दिएका थिए।

अमेरिकी पेस्तोल छाडेर भागेका अभियुक्त समातिए

दुई थान अमेरिकी पेस्तोल तथा त्यसमा लाग्ने गोली छाडेर भाग्न सफल अभियुक्तलाई पक्राउ गरिएको सर्लाही प्रहरीले दाबी गरेको छ।

पेस्तोलसहित चार पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका– २ नर्सरीबाट पेस्तोलसहित चार युवा आज पक्राउ परेका छन्। पक्राउपर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

कटुवा पेस्तोलसहित भारतीय पक्राउ

सिरहाको भगवानपुर गाउँपालिका –४ ठाढीबाट प्रहरीले एक जना भारतीय नागरिकलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला बगहा गाउँपञ्चायत–१ का २८ वर्षीय राजेशकुमार यादव छन्।

प्रहरीको पेस्तोल लुटेर तस्कर फरार

धनुषाको मुखियापट्टी मुसहर्निया गाँउपालिकामा तस्करहरूको एक समूहले प्रहरीको पेस्तोल लुटेर फरार भएका छन्।

प्लाष्टिकको पेस्तोल देखाएर ६१ तोला सुन चोरी गर्ने पक्राउ

प्लाष्टिकको पेस्तोल देखाएर सुन चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई प्रक्राउ गरि सार्वजनिक गरेको छ। गत चैत ६ गते सुनचाँदी बनाउने कालीगडको कोठाबाट ६१ तोला सुन चोरी गर्ने पाँच जना अभियुक्तलाई प्रहरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो।

सीमानाकाबाट प्रहरीले बरामद गर्‍याे हतियार

नेपाल प्रहरीले बुधवार मध्यरातमा सीमानाकाबाट हतियारसहित गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक पप्पु नायकको कमाण्डमा खटिएको एम्बुस टोलीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको हो ।

हेलिकोप्टर दुर्घटनामा हराईरहेको पेस्तोल भेटियाे

फुङलिङ नगरपालिका(१० स्थित तारेभीरको जंगलमा डाइनेष्टि एयरको हेलिकोप्टर फागुन १५ गते दुर्घटना हुँदा हेलिकोप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएकोमा मंगलबार दिउसो फेला परेको छ।

धादिङमा पेस्तोल सहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय धादिङले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनियाबास गाउँपालिका वडा न–५ सत्यदेबीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आषिश थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन् ।

सिरहामा प्रहरीले गाेली चलायाे, एकजना पेस्ताेल सहित पक्राउ

सिरहा नगरपालिका–२१ सुखचैनामा प्रहरीले हतियारधारी युवामाथि गोली प्रहार गरेको छ। प्रहरीले चलाएको गोली लागि सिरहा–९ का २९ वर्षीय प्रमोद यादव घाइते भएका छन्। उनको दायाँ हातमा गोली लागेको छ।

डाँका समूहले छोडेको दुई थान लोडेड पेस्तोल बरामद

कल्याणपुर नगरपालिका–३ इटारी गाउँमा हतियारधारी डाँका समूहले पेस्तोल देखाएर धनमाल लुटपाट गरेको छ। शुक्रबार विहान करिब १ बजेतिर हतियारधारी डाँकाहरुको समूह स्थानीय रामदेव मण्डलको घरमा प्रवेश गरि लाखौंको धनमाल डकैती गरेको हो।

कटुवा पेस्तोल र सीमा कटाउन लागेको रक्सी बरामद

प्रहरीले लुकाई छिपाई राखिएको एक थान पेस्तोल बरामद गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी सम्सीबाट खटि गएको प्रहरी टोलिले सम्सी गाउँपालिकाबाट कटुवा पेस्तोल बरामद गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्