७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पेस्तोलसहित तीनकुनेबाट एक जना पक्राउ

फाइल तस्बिर

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित एक जनालाई तीनकुनेबाट पक्राउ गरेको छ।

सोलुखुम्बु घर भएका सञ्जय शेर्पा नाम बताउने युवकलाई प्रहरीले तीनकुनेस्थित ए वन क्याफेबाट सोमबार दिउँसो जापानिज पेस्तोलसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

उनले हतियार कहाँबाट, कुन प्रयोजनका लागि ल्याए भन्नेबारे हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: २७ जेष्ठ २०७६ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App