८ मंसिर २०८१ शनिबार
image/svg+xml

एक महिनामा चार थान हतियार बरामद

काठमाडौंमा साना हतियारको बिगबिगी देखिएको छ। एक महिना यता काठमाडौंमा मात्रै चार थान साना हतियार फेला परेका छन्। काठमाडौंका विभिन्न स्थानबाट प्रहरी अपरेसनका क्रममा कमलपोखरी, जडिबुटी, सल्लाघारी र कपुरधाराबाट गरी चार थना पेस्तोल बरामद गरेको हो।

जडिबुटीबाट खुकुरी र चाईनिज पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौंको जडिबुटीबाट प्रहरीले खुकुरी र चाईनिज पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।

इटालियन पेस्तोलसहित ४ जना पक्राउ

सशस्त्र प्रहरीको विशेष टोलीले भक्तपुरबाट एक थान पेस्तोलसहित चार जनालाई नियन्त्रणमा लिएको छ। शनिवार दिउँसो भक्तपुरको सल्लाघारीस्थित एक रेष्टुरेण्टबाट उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरी चौकी भित्रै पेस्तोल पड्किँदा जवान घाइते, असई पक्राउ

ललितपुरको लाकुरी भञ्ज्याङस्थित प्रहरी प्रभागमा पेस्तोल पड्किँदा एक प्रहरी जवान घाइते भएका छन्। प्रहरी सहायक निरीक्षक (असई) रमेश तामाङको पेस्तोल पड्किदा प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका हुन्। श्रेष्ठको गालामा गोली लागेको छ।

चोरीका फरार प्रतिवादी पेस्तोलसहित पक्राउ

चोरी मुद्दाका फरार प्रतिवादीलाई लहान प्रहरीले मंगलबार राति कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्ने लहान सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाहीका रविन्द्र कुमार मण्डल (२६) छन्।

कमलपोखरीबाट अटोमेटिक पेस्तोलसहित एक पक्राउ

सशस्त्र प्रहरीको विशेष टोलीले काठमाडौंको कमलपोखरीस्थित भोग रेष्टुरेण्टबाट अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

प्रहरीले अवैध घरेलु कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई शनिवार पक्राउ गरेको छ। भारतको बहराइच जिल्ला मोतिपुर थाना बस्ने नानपारा ग्राम बलईगाउँ निवासी ३० वर्षीय जेहरुद्दिन जागालाई प्रहरीले पक्राउ गरेको हो।

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

प्रहरीले नलकटुवा पेस्तोलसहित शनिबार सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २० वर्षीय मुकेशकुमार महतो रहेको छ।

अमेरिकी पेस्तोलसहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले अमेरिकी स्वचालित पेस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। दशैंतिहार विशेष सुरक्षा योजनाअन्तर्गत सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार साँझ पर्टेर्वासुगौली ४ फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा २५ वर्षीय मनोज पासवानलाई स्वचालित हतियारसहित नियन्त्रणमा लिएको हो।

नक्कली पेस्तोल र खैरो हेरोइनसहित ३ जना पक्राउ

महानगरीय प्रहरी वृत बौद्धले नक्कली पेस्तोल र खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम माईका २३ वर्षीय सञ्जय समाल मगर, मोरङ पथरीका २४ वर्षीय सन्तोष लिम्बु र झापा सताक्षीका २४ वर्षीय युगेश राई रहेका छन्।

ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ।

सांसदलाई पेस्तोल ताकेको आशंकामा ७५ पक्राउ

प्रतिनिधिसभा सदस्य निरुदेवी पाललाई मंगलबार साँझ कञ्चटमा पेस्तोल ताकेको घटनामा अनुसन्धान गर्न काठमाडौं प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ।

निरु पालले संसदमा भनिन् : मेरो घाँटीमा पेस्तोल ताकियो

नेकपाकि सांसद निरु पालले आफुमाथी आक्रमण प्रयास भएको घटना संसदमा जानकारी गराएकि छन्। संसदको विशेष समयमा बोल्दै पालले साउन १५ गते साँझ ८ बजे बानेश्वरमा घाँटीमा पेस्तोल ताकेर प्रधानमन्त्रीको नाम लिँदै लाश भेट्न नसक्ने भन्दै धम्काएको बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्