१२ असार २०८१ बुधबार
image/svg+xml

विद्यार्थीको भावनामा आधारित शैक्षिक उपन्यास ‘कखरा’ लोकार्पण

लेखक तिमिल्सिनाले शिक्षा क्षेत्रमा लेखनीमार्फत् पनि सहयोग गर्न उपन्यास लेखेको बताए। उनले सो उपन्यास अभिभावक, शिक्षक र विद्यालयको अनावश्यक दबाब र पेलानमा परेका समस्त विद्यार्थीको भावनामा आधारित रहेको बताए।

'करिया' उपन्यासमा ऐतिहासिकता

अहिले समय बदलिएको छ। मान्छेका चेतना सबैभन्दा विकसित अवस्थामा चलिरहेका छन्। लगभग एक सय वर्षअघिको त्यो सामाजिक इतिहासलाई अहिले चेतनाको नयाँ ढंगबाट हेरिनु हुन्न।

महारानी उपन्यासभित्रको आर्थिक इतिहास

मदन पुरस्कार (२०७६) प्राप्त गरेपछि नेपाली साहित्य क्षेत्रमा चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीको चर्चा र चासो चुलिएर गएको छ। यथार्थमा महारानी कल्पनाको क्यानभासमा रचिएको सत्य, तथ्य, यथार्थताको कलात्मक चित्रण हो।

मानसिक विम्बमा प्रेम

मानव शरीरको प्रथम बिन्दु नै बाल्यावस्था हो, जो अन्तर्चेतमा अबोध संवेदनाले छोइँदै जान्छ। मानिसको जन्मपश्चात्का केही वर्ष बाल उमेरले समेटेको हुन्छ, जसलाई छोइछोई मन–मस्तिष्क सक्रिय बन्छ, आदत बन्छ, व्यवहार सिकिन्छ। मन र तनको सञ्चालन हुन्छ। त्यहीँबाट जीवनीय आवश्यकता महसुस हुन्छ।

नेपाली उपन्यासमा अधिआख्यान

मूलतः उपन्यास लेखनको परम्परालाई भत्काएर नवीन शिल्पका माध्यमबाट नवीन जीवन–सत्यको खोजी गर्ने उपन्यास–लेखनका प्रवृत्ति अधिआख्यान हो। यसले यथार्थ र कल्पनाबीचबाट जीवन यथार्थको खोजी गर्ने प्रयास गर्छ।

फुँयालको उपन्यास ‘गौरिका’ प्रकाशित

फुँयालले आफ्नो उपन्यासमा वैदेशिक रोजगारीले पारेको प्रभाव चिरफार गर्दै क्रान्तिकारी विचारलाई अघि बढाएका छन्।

साहित्यकार पिटर जे. कार्थकको निधन

साहित्यकार पिटर जे कार्थकको निधन भएको छ। क्यान्सरको उपचार गराइरहेका कार्थकको ७७ वर्षको उमेरमा नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।

शारदा र मोहनको प्रेमकथा

उपन्यासकार प्रकाश तिवारीका ‘परित्यक्त’ (२०७२) र ‘निलोफर’ (२०७४) उपन्यास प्रकाशित भएका छन्। उनी जातीय विभेदविरुद्ध संघर्षरत नारीको कारुणिक कथामा आधारित ‘निहारिका’ लिएर पाठकमाझ आएका छन्।

पाठकको रोजाइमा उपन्यास

राजधानीको भृकुटीमण्डपमा आयोजना भइरहेको पुस्तक प्रदर्शनीमा नेपाली तथा विदेशी लेखकहरूद्वारा लिखित उपन्यासहरू बिक्री भइरहेका छन्।

सबैभन्दा भारी हुँदो रहेछ मृत्युको प्रमाणपत्र

आफ्नो प्रमाणपत्र चिसो हातले उठाउन सकेन। सबैभन्दा गह्रौ हुँदोरहेछ मृत्युको प्रमाणपत्र,’रवीन्द्र समीरको उपन्यास ‘मृत्युको आयु’मा उल्लेख अंश हो।

पूर्वप्रधानन्यायाधीश कार्कीको उपन्यास ‘कारा’ बजारमा

पूर्वप्रधानन्यायाधीश तथा लेखक सुशीला कार्कीको उपन्यास बजारमा आएको छ। सोमबार किताब पब्लिसर्सले प्रेस विज्ञप्तिमार्फत् पूर्वप्रधानन्यायाधीश कार्कीको उपन्यास ‘कारा’ बजारमा आएको जानकारी गराएको थियो। निरकुंश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरू भएको समयको कथा ‘कारा’ उपन्यासमा समेटिएको छ।

मञ्जुलको ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक

‘सम्झनाका पाइलाहरू’ मञ्जुल र गायक तथा संगीतकार रामेशले पूर्वी नेपालको सांगीतिक यात्रा गर्दाको सम्झनाको संगालो हो।

‘सिपाहीको डायरी’ उपन्यास विमोचित

सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत रहँदा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका पूर्व जवान दैलेखका चन्द्र कटुवालको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’ आज सार्वजनिक गरिएको छ।

बजारमा ‘सुनको पहाड’

साहित्यकार विष्णु भण्डारीको उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ। राजधानीको मण्डला थिएटरमा आयोजित कार्यक्रममा लेखक अर्चना थापा, राम कार्की र एकराज भण्डारीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।

उपन्यासकार पुरस्कृत

प्रेममोहन सिरपाः गुठीले उपन्यासकार मल्ल के. सुन्दरलाई प्रेम–मोहन सिरपाः बाट पुरस्कृत गरेको छ। राजधानीमा बुधबार आयोजना गरिएको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उपन्यासकार मल्ललाई उनको उपन्यास ‘द पोष्टर’ का लागि ५० हजार रुपैयाँसहितको सिरपाः (पुरस्कार) प्रदान गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्