१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

साहित्यकार पिटर जे. कार्थकको निधन

काठमाडौं- साहित्यकार पिटर जे कार्थकको निधन भएको छ। क्यान्सरको उपचार गराइरहेका कार्थकको ७७ वर्षको उमेरमा नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।

उनको 'प्रत्येक ठाउँ : प्रत्येक मान्छे' उपन्यास चर्चित छ। उनले अंग्रेजी साहित्यमा समेत योगदान रहेको छ। पछिल्लो पटक काठमान्ड्युस अंग्रेजी उपन्यास प्रकाशित भएको थियो। उनको पहिलो उपत्याले सन् १९७८ मा साझा पुरस्कार प्राप्त गरेको थियो।

कार्थक साहित्यकार मात्र नभएर संगीतकार र पत्रकार समेत थिए। सन् १९४३ मा सिलोङमा जन्मिएका उनको परिवार पछि दार्जिलिङ सरेको थियो। कार्थक सन् १९६५ मा नेपाल आएका थिए र जीवनको अन्तिमसम्म साहित्यको सेवा गरिरहे।

कार्थकलाई दुई हप्ता अघि मात्र क्यान्स भएको पत्ता लागेको थियो। उनको घाँटीमा क्यान्सर देखिएपछि किमो थेरापी दिइएको थियो। किमो पछि घर आएका उनको अवस्था विग्रिएपछि वुधबार पुन: अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो। उनले नेपाल रिपव्लिक मिडियामा समेत कपि एडिटरको रुपमा काम गरेका थिए।

 

प्रकाशित: १० वैशाख २०७७ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App