५ आश्विन २०८१ शनिबार
image/svg+xml

ठक्करै–ठक्कर खाएपछि अन्ततः एकै ठाउँमा

२०७२ असोजमा तत्कालीन एकीकृत माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियानमा लागेका बाबुराम भट्टराई त्यसबीचमा विभिन्न दल परिवर्तन गर्दै करिब ७ वर्ष हन्डर र ठक्करपछि माओवादी केन्द्रको चुनाव चिह्नमा निर्वाचन लड्न तयार भएका छन्।

बाबुराम र वामदेव गौतम पनि माओवादीकै चिन्हबाट चुनाव लड्ने

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले नेपाल समाजवादी पार्टी अध्यक्ष भट्टराई र वामवन्थी अभियानमा लागेका गौतमलाई आफ्नो चुनाव चिन्हमा लड्न स्वीकृति दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेकाे हाे।

चुनावी ‘कार्ड’ फाल्दै नेताहरुको घरदैलोमा डा. भट्टराई

‘आज र हिजाको दुवै छलफल निकै सकारात्मक ढंगले अघि बढेको छ। दुवै छलफलमा चुनावी रणनीतिबारे छलफल भएको छ। फेरी अर्को बैठकबाट निष्कर्ष निकाल्ने सहमती भएको छ’, नेसपाको पहिलो अध्यक्ष डा. भट्टराईका सहयोगी विश्वदिप पाण्डेले नागरिक न्यूजसँग भने।

पार्टी खोल्न उचाल्नेले नै छाडे भट्टराईको साथ

उपेन्द्र यादवसँगको सहकार्यपछि नयाँ पार्टी खोलेका बाबुराम भट्टराईलाई आफ्नै भनिएकाहरूले समेत धोका दिएका छन्।

जसपा पतनको बाटोमा हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्न बाध्य भएको हुँः भट्टराई

नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय-क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनु परेको बताएका हुन्।

भट्टराई नेतृत्व समाजवादी पार्टीको बैठक बस्दै

बैठकमा संगठन निर्माण, केन्द्रीय समिति पुनर्गठन, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा छलफल हुनेछ। स्रोतका अनुसार सो बैठकमा आगामी निर्वाचनको रणनीतिबारे निर्णय हुनेछ।

बाबुरामलाई नेकपा 'समाजवादी केन्द्र' बनाउन प्रचण्डको प्रस्ताव

सो भेटवार्तामा प्रचण्डले भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेको स्रोतले बताएको छ। यस्तै भट्टराईले आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्।

उचाल्नेबाटै भट्टराईलाई धोका

एक महिनाअघिसम्म जनता समाजवादी पार्टी (जसपा) भित्र बाबुराम भट्टराई पक्षधर नेताहरूको अडान थियो, ‘विधानअनुसार पार्टीमा २ अध्यक्षको व्यवस्था कार्यान्वयन गरौं, खाली रहेका एक कार्यकारिणी अध्यक्षमा भट्टराइलाई लैजाऔं।

बाबुराम भट्टराईको सपना चकनाचुर भयो: उपेन्द्र यादव

‘पार्टी विभाजन गरेर मधेसको मुद्दालाई कमजोर बनाउन लागिपरेका बाबुराम भट्टराईजीलाई पदमुक्त गरेर उहाँको सपना चकनाचुर गरिदियौं अध्यक्ष यादवले भने, ‘अब पार्टी थप अनुसाशीत, संगठित र चुस्त रुपमा अघि बढ्छ।’ पार्टी विभाजन गरी मधेसको मुद्दा कमजोर बनाउन भट्टराईजी लागिपर्नु भएको थियो, यादवले भने, ‘आवश्यक संख्या नपुगेर उहाँ आफैं परास्त हुनुभयो।’ जसपा फुटाउने वा अर्को दर्ता गराउने उहाँको सपना चकनाचुर भएको छ’ यादवले भने, ‘गलत मनशायले पार्टी विभाजनको प्रयास असफल भएपछि भट्टराईजी नयाँ पार्टी दर्ता गराउने प्रयासमा छन्।’

फर्किन चाहे ढोका बन्द छैनः उपेन्द्र यादव

वीरगञ्जमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने उनका लागि गेटमा ताला भने नलगाएको बताए।

एकल अध्यक्ष बनाउन विधान संशोधन

‘परिषद् अध्यक्ष भट्टराई र उनलाई काठमाडौंमा जारी बैठकमा विशेष रूपमा साथ दिने आठजना गरी जम्मा नौजनालाई कारबाहीको प्रस्ताव भएको छ,’ मन्सुरले भने, ‘प्रस्तावहरूउपर निर्णय हुन बाँकी रहेको छ। क्रमशः प्रस्तावित विषयहरूको निर्णय भइरहेको छ, एकसाथ पार्टीले सार्वजनिक गर्नेछ।’

नयाँ पार्टी खोल्दै बाबुराम

‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव) ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन्।’

विभाजनको डिलमा जसपा

जनता समाजवादी पार्टी (जसपा) को विवाद मत्थर हुनुको साटो थप उत्कर्षमा पुगेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बुधबार वीरगन्जमा गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्