८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आफै मोटर चलाएर बंगलामुखीमा पूजा गर्न आए पूर्वराजा ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार गुलरिया आएका छन्। बर्दियाको सदरमुकाम गुलरियास्थित वंगलामुखी मन्दिरमा पूजाका लागी पुगेका शाहलाई उनका समर्थकले स्वागत गरेका थिए। आंफैले मोटर चलाएर वाँकेको नेपालंगजबाट दिउँसो तीन बजे पूजा गर्न गुलरियास्थित बगलामुखी मन्दिर पुगेका थिए।

किरात धर्मगुरु र उधौली पूजा

गुरुदेवको वरद नेतृत्वमा देशभित्र र बाहिर सयौं मन्दिर स्थापित छन् । गुरुको ब्रह्मविद्या, ज्ञानशक्तिलाई राज्यशक्तिले सदुपयोगमा ल्याउनसके नेपाल, नेपाली जनता र विश्व मानव सौभाग्यशाली बनेर अमनचयन कायम गरी सुख शान्तिले बाँच्न पाउनेछौँ ।

विन्ध्यवासिनीमा प्रधानमन्त्रीको पूजा

अचानक पोखरा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँका उच्च सुरक्षा अधिकारीले निर्वाचन गतिविधि शान्तिपूर्ण रुपमा अघि बढिरहेको भन्दै ‘ब्रिफिङ’ गरेका छन् । शुक्रबार बिहान पोखराको विन्ध्यवासिनीमा पूजा गरेर फर्केपछि प्रधानमन्त्री देउवाले सुरक्षा निकायसँग निर्वाचन सुरक्षा अवस्थाबारे सोधेका थिए ।

अब भगवानको पूजा अनलाइनबाटै

कुनै मन्दिर गएर पूजा गर्न भ्याउनुभएन ? चिन्ता नलिनुस्, अब पूजा गर्न तपाईं मन्दिरसम्म पुगिरहनुपर्दैन । घरैमा बसिबसी चिताएकै मन्दिरमा पूजा गर्न सक्नुहुन्छ।  अहिलेका लागि भने तपाईंले नेपालका सबै मन्दिरमा घरैमा बसिबसी पूजा गर्न पाउनुहुन्न । तर, रामभक्तहरूले भने बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको घरैमा बसेर पूजा गर्न सक्नेछन्।

तिहारमा शरीर पूजा

तिहारमा नेवार समुदायको पनि एक विशेष दिन हुन्छ, त्यो हो म्हः पूजा । नेवारीमा म्हः पूजाको अर्थ शरीर पूजा गर्नु हो । नेवारीमा म्हको अर्थ शरीर हो । तिहारमा लक्ष्मी पूजाको भोलिपल्ट म्हः पूजा गरिन्छ । म्हः पूजाको दिन परिवारका सबै सदस्यहरुले अनिवार्य नुहाउनु पर्ने चलन छ । त्यस दिन आफ्नो शरीरको पूजा गर्ने भएकाले शरीरलाई सफा राख्नुपर्छ भन्ने मान्यता छ । संस्कृतिविद् ओम धौभडेल आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी म्ह पूजा गरिएको बताउँछन् । शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष हो । मानव शरीरभित्र भगवान रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर, बुझेर आफ्नो उद्धार गर्न आफैँ अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्वको विकास भएको मान्यता छ ।

आज हरिबोधिनी एकादशी, तुलसीको विशेष पूजा गरी मनाइँदै

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।  हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्।

हजुरबाको पूजाथान

प्रशन्न मुद्रामा रुद्राक्षको मालाका गेडा गन्दै आधा घन्टा चुपचाप बस्नुहुन्थ्यो । अर्को १५ मिनेट सेता आँखा पल्टाएर ध्यान गर्नुहुन्थ्यो । त्यसपछि डमरु–घन्टा बजाएर ईश्वरभक्तिका अनेक गाथाको संगीतमय वाचन गर्नुहुन्थ्यो । गाला फुलाएर शंख फुक्नुहुन्थ्यो । लाग्थ्यो, त्यो शंखनादले घरका सारा अनिष्ट दूर हुन्थे । बिहान ७ बजे पूजाथान पसेको मान्छे, भात सेलाएर हिउँ बन्दा पनि हजुरबाको ‘भगवतभक्ति’ सकिँदैनथ्यो ।

पूजा सामग्रीको मूल्य बढ्दा उपभोक्ता मारमा

दशमी, दीपावली र छठपर्व सकिएपछि छठपर्वका लागि स्थानीय ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन थालिएको छ।

महोत्तरीका कायस्थ समुदायद्वारा चित्रगुप्त पूजा

कलमद्ववातको देवता तथा मनुष्यको पाप पुण्यको लेखा जोखा राख्ने भगवान चित्रगुप्तको शनिबार कलमजीबीको रुपमा चिनिएका महोत्तरीका कायस्त समुदायले धुमधामका साथ पूजाअर्चना गर्दैछन्।

यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

नेवार समुदायको मौलिक पर्व म्हःपूजा

कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन् । चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्छन् ।

भोलि घरघरमा म्हः पूजा

तिहारको गोवद्र्धन पूजाका दिन शुक्रबार देशभरका नेवार समुदाय घरघरमा म्ह ः पूजा (शरीरको पूजा) गर्दैछन् । प्रत्येक वर्ष तिहारको भाइटिकाको एक दिन अगाडि गोवद्र्धन पूजाको दिन देशभरका नेवार समुदायले म्हः पूजा गर्दछन् । नेपाल भाषामा म्हःको अर्थ शरीर हो । यस दिन नेपाल संवत् सुरु हुन्छ सुरु हुन्छ । यो वर्ष नयाँ वर्ष नेपाल सम्वत् ११३८ सुरु हुन्छ ।

तालबाराहीको भेटी अझै पूजारीकै पोल्टामा

कानुनले भेटी व्यवस्थापनको सम्पूर्ण जिम्मा व्यवस्थापन समितिलाई दिए पनि फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा यो नियमले छोएको छैन। तालबाराहीमा संकलित लाखौं रुपैयाँ भेटी अझै पनि पूजारीको पोल्टामा जाने गरेको छ। मन्दिरकै पैसाले पूजारी घरपरिवार चलाउने गरेका छन् ।

दुर्गा भवानीको पूजा गरी महानवमी पर्व मनाइँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दसैं घर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।

राष्ट्रपतिबाट भीमेश्वरमा क्षमापूजाका लागि सामग्री प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि आज सामग्री पठाएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्