नेपालका संक्रमितमा किन देखिएन जटिल समस्या ?
या त कोभिड–१९ पचाउने प्रतिरक्षा क्षमता नेपालीको शरीरमा छ या भाइरसको जिनमै परिवर्तन भएको हुन सक्छ।
या त कोभिड–१९ पचाउने प्रतिरक्षा क्षमता नेपालीको शरीरमा छ या भाइरसको जिनमै परिवर्तन भएको हुन सक्छ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) भवन निर्माणको समय सकिन दुई महिना मात्र बाँकी छ । तर आइसिपी भवनको काम ४० प्रतिशत मात्र सकिएको छ ।
सदरमुकामस्थित जिल्ला समन्वय समितिको नयाँ भवनको क्वारेन्टाइनमा राखिएका व्यक्तिले आफूहरूलाई अभद्र व्यवहार गरिएको गुनासो गरेका छन् । आफूहरूलाई दिइने लुगाफाटो, सरसफाइ लगायतबारे गुनासो राख्दासमेत हप्कीदप्की गर्ने गरिएको उनीहरूको दुखेसो छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ईन्टरनेटको माध्यमबाट स्वास्थ्य उपचार सेवा (टेलिमेडिसिन) सुरू गरेको जनाएको छ। यो सेवा सुरू भएपछि लकडाउनको कारण ओपिडी सेवा रोकिदा उपचारबाट बञ्चित हुनुपरेका विरामीहरूले घरबाट नै प्रत्यक्ष स्वास्थ्य सेवा पाउने प्रतिष्ठानको भनाई छ।
भेरीगंगा नगरपालिकाको सहत्तरीको जंगलमा बस्दै आएका राउटे समुदायलाई राहत वितरण गरिएको छ। लामो बन्दाबन्दी (लकडाउन) ले खाद्यान्न अभाव भएपछि लेकवेशी नगरपालिकाको आर्थिक सहयोग र राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको समन्वयमा यहाँका ४६ घर राउटे समुदायलाई राहत वितरण गरिएको हो।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण सुरू गरेको छ। गाउँपालिकाले दीर्घरोगीको घरघरमै गएर औषधि वितरण गर्न थालेको हो। लकडाउनको समयमा दीर्घरोगीलाई औषधि खरिदमा समस्या हुने र औषधि नपाउने लगायतका समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरघरमै औषधि पु¥याउन थालेको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए।
लकडाउनको मौका छोपेर व्यवसायीले तरकारीको भाउमा ‘ब्रम्हलुट’ गरिरहेका छन्। चोरबाटो हुँदै तराईका बजारबाट रातारात तरकारी ल्याएर व्यापारीले साविकभन्दा तेब्बर मूल्यमा बिक्री गरिरहेको पाएको छ। सदरमुकामका पसलमा अहिले कुनैपनि सामग्रीको मूल्यसूची नराखिएका कारण चामल, तेल, दाल, चिनीलगायत अत्यावश्यक खाद्यवस्तुको मूल्यसमेत बढेको छ। अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधन चल्न छुट दिइएपनि अनेक कारण देखाएर व्यापारीले बढी मूल्य लिइरहेको उपभोक्ताको गुनासो छ।
मलाई पूर्ण विश्वास छ– हामी सबै एकजुट भएर बुलन्द तयारीसाथ अगाडि बढ्न सक्छौं । कोभिड–१९ मात्र होइन, भोकमरी, मलेरिया, डेंगी, अनि गरिबी पनि छिचोल्न सक्छौं ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले २९ लाख ४८ हजार रुपैयाँ रकमान्तर गरेको छ । विश्वभर नै आतंक सिर्जना गरिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक गतिविधि सञ्चालन गर्न गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमको बजेट गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
सामुयल जोन्स बेलायती नागरिक हुन् । तीन महिनाअघि उनी रसुवा आएका थिए । उनी अहिले पर्यटकीय हबको रूपमा रहेको स्याफ्रुमा बसिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप फैलिँदै जान थालेपछि अप्रिल ७ मा उनलाई पनि आफ्नो देशमा बोलाइयो । तर, उनलाई नेपाल नै सुरक्षित लागेपछि तत्काल फर्किएनन् ।
सरकारले व्यापारी तथा उद्योगीबाट लिँदै आएको कर तथा विभिन्न शुल्क छुट गर्नुपर्ने सुर्खेतका व्यापारीहरूले माग गरेका छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) का कारण व्यापार व्यवसाय धरासय बन्दै गएको भन्दै उनीहरूको यस्तो माग गरेका हुन् ।
गत चैत ११ गते दादुरा रुबेलाको खोप अभियान सुरु भएकै समयमा दादुराको महामारीबाट धादिङको बेनिघाट रोराङ गाउँपालिकाका आठ महिने शिशु सुशान्त चेपाङ र १७ गते २९ महिने अनिसा चेपाङको मृत्यु भयो । बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङबस्तीहरुमा फैलिएको दादुराबाट गाउँका अन्य एक सय ५० भन्दा बढी बिरामी भए । कोरोना भाइरस (कोभिड–१९) का कारण सिंगो विश्व त्रसित भैरहेका बेला दादुराको महामारीले चेपाङबस्तीमा पीडा थपेको थियो । स्वास्थ्य कार्यालय र गाउँपालिकाको पहलमा बिस्तारै नियन्त्रणमा आयो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुलुकलाई बचाउनका लागि जारी लकडाउनका कारण संकटमा परेका विपन्न परिवारलाई दिनुपर्ने राहत सामग्री सर्लाहीमा अझैपनि वितरण नै हुन सकेको छैन । लकडाउन सुरु भएको ३७ औं दिन वित्दा समेत जिल्लास्थित कतिपय स्थानीय तहले राहत वितरण नै गर्न सकेको छैन ।
नतिजा विश्वसनीय नभएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले कोरोना भाइरस (कोभिड–१९) को द्रुत परीक्षण (आरडिटी)बाट स्वास्थ्य जाँच रोक्न गतसाता सरकारलाई आग्रह गर्नुअघि नै उदयपुरमा रोकिएकोमा बुधबारदेखि पुनः त्यहीँ बिधि थालिएको छ । त्रियुगा ३ भुल्के मस्जिदमा नेगेटिभ देखिएका जमातीको पोलिमेरीज चेन रियाक्सन (पिसिआर) परीक्षणमा संक्रमण पाइएपछि आरडिटी परीक्षण जिल्लामा रोकिएको थियो ।
रसुवामा लकडाउनको कारण रोकिएका विकास निर्माणका आयोजनाहरू सञ्चालनमा ल्याइने भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणको प्रमुख रणनीति लकडाउन अर्थात बन्दाबन्दीलाई पूर्ण कार्यान्वयन गरेर आयोजनाहरू सञ्चालनमा ल्याउन लागिएको हो ।