१९ वैशाख २०८१ बुधबार
image/svg+xml

ह्वात्तै बढ्याे कालाे सुनकाे भाउ

अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन्। ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ।

नुवाकोट र रसुवाका उत्कृष्ट किसान सम्मानित

नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट ६ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ।

सुन्तला खेतीमा व्यस्त किसान, एउटै बगानमा फल्छ १० लाखको सुन्तला

'मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु', चापागाईँले भने।

बढ्यो धान उत्पादन, घट्यो क्षेत्रफल

इलाममा यस वर्ष धान उत्पादन बढेको छ। यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए।

नवलपरासीमा धान उत्पादन बढ्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। जिल्लामा धान खेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए।

कृषिमा सवा चार करोडका कार्यक्रम

करिब पाँच दर्जन कार्यक्रमका लागि प्रदेश सरकारबाट चार करोड ११ लाख र सङ्घीय सरकारबाट १५ लाख रुपैयाँ विनियोजित छ।

बागलुङे किसान स्याउमा भविष्य खोज्दै

एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिक रूपमा स्याउखेती गरिन्थ्यो। परम्परागत रूपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन्।

तनहुँमा २९ करोडको सुन्तला उत्पादन

तनहुँमा एक वर्षको अवधिमा २९ करोडको सुन्तला उत्पादन भएको छ। जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ।

बढ्यो म्याग्दीमा आलु उत्पादन

म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ। गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल

वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो। त्यसपछि अहिलेसम्म पानी परेको छैन। लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन्।

किसानलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण

बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउन ३० बन्दुक निःशुल्क वितरण गरेको छ।

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’लाई प्राथामिकता दिएको छ।

कृषि प्रसारमा कृषि पाठशाला

कृषक पाठशाला कृषि प्रसारको स्थापित माध्यम हो। खेतबारीलाई सिक्ने र सिकाउने थलोका रूपमा विकास गरी व्यावहारिक तथा नवीनतम तौरतरिकाबाट एक बाली चक्रको सुरुबाट अन्त्यसम्म सहभागितामूलक तथा समावेशीरूपमा सुक्ष्म अध्ययन हुने गर्छ।

माटो परीक्षण गर्न कृषकको आनाकानी

'माटो परीक्षण हुन्छ भन्ने त थाहा थियो, त्यही पनि खै अरूले माटो लगेको देखेको छैन, मैले पनि लगेको छैन। अन्न फल्नै छाडे त के भयो भनेर खोजी हुने थियो होला”, उनले भने, “बरु अब एकचोटी लगेर देखाउन पर्ला। यहाँको जमिनमा राम्रो उत्पादन हुने भएकाले पनि यतातिर परीक्षणमा खासै कसैको रुचि देखिन्न।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्